गुगलसँग
प्रतिस्पर्धाका लागि चालिएको एक
कदमको रूपमा हेरिएको एक
नयाँ प्रविधिका रुपमा फेसबुकले
पनि भिडियो च्याटिङको सुविधा छिट्टै उपलब्ध
गराउने भएको समाचार छ ।
फेसबुकको जस्तै अर्को विश्व विख्यात साईट
गुगलले पनि गुथल प्लस नामको अर्को एवं
नयाँ साईट थाल्ने भएको घोषणा यस अघि नै
गरिसकेको छ । गुगल
प्लसमा भिडियो च्याटको पनि सुविधा रहेको बताइएको छ
।
फेस बुकले यो नयाँ सेवा सुरु गर्नकाल
लागि स्काइपबीच
साझेदारी भएको समाचारमा जनाइएको छ । दुबैले
केही शीघ्र
सन्देशका लागि केही औजारहरुको उपयोग
गर्दछन् ।
यो वर्षको सुरुमा माइक्रोसफ्टले स्काइपलाई
किनेको थियो ।
स्काइपमा फेसबुकको पनि हिस्सा रहेको छ तर
कानुनीरूपमा यो सम्झौता अभैm पूरा भएको छैन
।
नयाँ भिडियो च्याटको सुविधा घोषणा गर्दै
फेसबुकका संस्थापक मार्क जुकरबर्गले अहिले
फेसबुकको उपयोग गर्नेहरूको सङ्ख्या ७५ करोड
पुगेको घोषणा गर्नुभयो ।
यद्यपि उहाँले सक्रिय
मानिसहरूको सङ्ख्या अब
साइटको सफलताको उपयोगीस्तर
नबनेको बताउनुभयो । उहाँले यसबाट
फेसबुकका सदस्यहरू आपसमा कति तस्बिर,
भिडियो लिङ्क र वेब लिङ्कको उपयोग
गरिरहेका छन् भन्ने बारेमा सफलताको धेरै
सङ्केत प्राप्त हुने बताउनुभयो ।
फेसबुकको भिडियो च्याटको प्रविधिअनुसार
यो कुराकानी दुई व्यक्तिबीचमा सम्भव हुनेछ
तर गुगलको तर्फबाट भने यो सुविधा एकै
पटकमा धेरै मानिसहरूबीच सम्भव हुने
बताइएको छ
Thursday, July 14, 2011
Friday, July 1, 2011
असारै महिना खेतमा धान रोपेर
असारै महिना खेतमा धान रोपेर
बस्यौ कि
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!
म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ
दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ
सम्झिन्छु आज ति दिन हाम्रा खाडीमा बसेर
न सके फिर्न न सके रिण तिर्न मुग्लान पसेर
कठै ! पानी चुहयो कि घरमा चिसोमा बस्यौ की
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!
नसराप्नु प्रिया ! पापिले यस्तो हाल
गर्यो भनेर
प्रदेसी गाउँमा भुलेर बस्ने चाल् गर्यो भनेर
साँहुको रिण सके त तिर्न हाँस्नेथ्यो मुहार
प्रदेसी पक्कै फर्किन्छ एकदिन
माया चाँही नमार
रातो माटो चिप्लो बाटो डिलबाट खस्यौ कि
बर्षा र बाढि आयो कि कतै हिलोमा फस्यौ कि !!by.::spain nepal

Thursday, June 16, 2011
नेपाली रास्ट्रीय गान
भई फैलिएका, मेची-माहाकाली। सयौं थुँगा फूलका हामी,
एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-
माहाकाली। ...प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल। ज्ञानभूमि,
शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड
यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा,
धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय
जय नेपाल।
Sunday, May 29, 2011
पेन्सनका लागि जिउदै बुवालाई मरेको बनाइयो
जिवितै रहेका बुबालाई मरेको कागजपत्र बनाएर
बझाङका एक युवकले पेन्सन खाने गरेको पाइएको छ । उनले
आपुनी आमालाई समेत बुवा मरेको भनेर काजकि्रया गर्न
लगाएका हुन ।
बझाङको कोईरालाकोट गाविस-८
देबस्थलीका कृष्णप्रसाद उपाध्यायले जिवितै
रहेका बुवा विष्णुप्रसादलाई मरेको कागजपत्र
बनाएका हुन । उनले बुवा मरेको भन्दै आमा गोमतीलाई
समेत काजकि्रया गर्न लगाएका हुन ।
उपचारका लागि लगेका बुवालाई मृत्यु भएको भन्दै
गाउँमा समेत अन्तिम संस्कार गर्न लगाएका थिए ।
त्यसपछि उनले
आमाको नाममा जिल्ला शिक्षा कार्यालयबाट पेन्सन
लिइरहेको खुलेको छ ।
बझाङको खप्तड प्राविका शिक्षक विष्णुप्रसाद
उपाध्याय बिरामी भएपछि उनका छोरा कृष्णप्रसादले
उपचारका लागि भारत लगेका थिए । भारतमा उपचार नै
नगरी उतै छोडेर घरमा फर्केका थिए । बुवा मरेको भन्दै
काजकि्रया गर्न लगाएर गाविसमा समेत मृत्यु
दर्ता गराएका थिए । गाविसले गरेको मृत्यु
दर्ताको प्रमाणपत्रले जिल्ला शिक्षा कार्यालयबाट
पेन्सनका लागि कागजपत्र बनाएको हो । तीन
वर्षदेखि जिवितै बुवालाई मरेको बनाएर पेन्सन
लिइरहेका छन ।
२०६४ सालमा भारत
लग्दा मरेका भनिएका विष्णुप्रसाद गत वर्ष घर
फर्केका छन । उनलाई घरमै बन्धक बनाएर
राखिएको स्थानीय बासिन्दाले बताएका छन ।
गाउँघरतिर डुल्न पनि नदिनेको उनका छिमेकीहरु
बताउछन । जिल्ला शिक्षा कार्यालयको रेकर्ड अनुसार
शिक्षक विष्णुप्रसाद उपाध्यायको सेवा अवधि नसकिदै
उनकी श्रीमतिले आफ्ना श्रीमानको मृत्यु भएको प्रमाण
सहित निबेदन दिएको छ । उनका छोरा कृष्णुप्रसाद
उपाध्यायले उनी विरामी नभएर मानसिक सन्तुलन
गुमाएर घर छोडेको बताए । ुपागल भएपछि घर छोडेर गए ।
दुई महिनासम्म फर्केननु उनका छोरा कृष्णप्रसादले भने
घर नआएपछि मरेका होलान भनेर काजकि्रया गरेका हौं ।ु
त्यसपछि आमाको नाममा पेन्सन
पट्टा निकालेको उनको भनाई छ ।
जिल्ला शिक्षा कार्यालयका निमित्त
जिल्ला शिक्षा अधिकारी हिक्मतबहादुर िसंहले
कृष्णप्रसाद उपाध्याय जिवितै रहेको हाल मात्र
थाहा पाएको बताए । त्यतिबेला मरेको भन्ने सबै प्रमाण
भएको र पेन्सनका लागि प्रकि्रया पुरा गरेको भएकोले
शिक्षा कार्यालयले सिफारिस गरेको बताए ।
उनी मरेको भनेर सिफारिस गर्ने गाविस सचिवले
पनि आफूलाई थाहा नभएको बताए । तत्कालिन
कोईरालाकोट गाविसका सचिब धर्मराज जोशीले
श्रीमान मरेको भनेर गोमती र उनका छोरा कृष्णप्रसाद
गाविसमा आएर मृत्यु दर्ताका लागि निवेदन दिएकोले
दर्ता गरिएको बताए । उनले भने'आफन्तले मृत्यु
भएको हो भनेपछि मृत्यु दर्ता गर्नु परिहाल्यो मैले
गाउँघरमा गएर सोध्ने कुरा भएन ।'
पहिले आमाको नाममा पेन्सन गरेको भएपछि अहिले उनी नै
पेन्सन लिने गरेका छन । आमाबाट ईच्छापत्र लिएर
कृण्णप्रसाद उपाध्यायले पेन्सन भत्ता लिने
गरेको राष्ट्रिय वाणिज्य बैक बझाङ शाखाले जनाएको छ
।
In this note: Naresh Khadka

Sunday, May 15, 2011
बाहिर झलमल्ल देख्या होलान् जीवन तर भित्रभित्रै औंसी छाएको कस्ले देख्छ र?
यहाँ बासी खब्बुस् खाएको कस्ले देख्छ र ?
दश धारा पसिना चुहाएको कस्ले देख्छ र ?
लाहुरेले त टन्न ल्याएछ भन्छन् गाउमा
तर नोक्कर बनी कमाएको कस्ले देख्छ र ?
घाम र पानी आधी-हुरी केही पनि नभनी
दिनरात दश नंग्र खियाएको कस्ले देख्छ र ?
उता उनी यता म, एक्लै एक्लै तड्पिएर
दुवैको मन धरधरी रुवाएको कस्ले देख्छ र ?
हेर्दा बाहिर झलमल्ल देख्या होलान् जीवन
तर भित्रभित्रै औंसी छाएको कस्ले देख्छ र?
By'...................'

Wednesday, May 11, 2011
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सँधैसँधै नेपाल लेख्न पाइयोस्
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सँधैसँधै नेपाल लेख्न पाइयोस्
नेपाली श्रम र सिपको प्रभाव दिगन्त फैलियोस्
मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्
नेपालको म सन्तती सगर्व भन्न पाइयोस्
मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ
छ कामना यही मेरो बरू म नर्कमा परूँ
जहाँ पुगेपनि तर नेपाली भन्न पाइयोस्
यो सूर्य चन्द्रको ध्वजा मेरै रगतले रंगियोस्
यहीँको जल अँजुलीभर निलेर मर्न पाइयोस्
स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस्

Tuesday, May 3, 2011
नारी सबै माता हुन नी मेरी आमा जस्तै ...
हिडदै होलिन लौरी टेकी चौतारीमा बस्दै
नारी सबै माता हुन नी मेरी आमा जस्तै
कुप्रिएको ढाड अब हुदैन की सिधा
नरुनु है मेरी आमा मैले सन्देश दिदा
मुख दर्शन पाइन आज म छु धरै टाढा
हासी दिनु मेरी आमा मुहार सधैं गाढा
सम्झिएलिन आज मलाइ मझेरीमा बस्दै
नारी सबै माता हुन नी मेरी आमा जस्तै
पुगेकोछु म परदेश तिमी बस घरै
कस्ता भए हात पाउ बुढी आमा बरै
औसीको दिन सुरजलाई बादल आइ छेक्यो
हजार भन्ज्याङ पारी आमा मुहार कस्ले देख्यो
बुन्दै होलिन गुन्द्री पिरा आगनीमा बस्दै
नारी सबै माता हुन नी मेरी आमा जस्तै
यो छोराको बाचा ठान जीत लान्छु माथी
देश हाक्ने अमर शहिद तिनी मेरै साथी
जोगाउनुछ मैले माटो लाग्छु डटेर
मुहार दर्शन पाउछु आमा धन्दा सकेर
हेर्दै होलिन मेरै बाटो आगनीमा बस्दै
नारी सबै माता हुन नी मेरी आमा जस्तै
टोलाउदिनौ अब कहिल्यै ढिकीजातो पिन्दा
नरुनु है मेरी आमा मैले सन्देश दिदा!
खुशी भर्ने आजको दिन बेदनाले सेक्यो
हजार भञ्ज्याङ पारी आमा मुहार कस्ले देख्यो
हिड्दै होलिन लौरी टेकी चौतारीमा बस्दै
नारी सबै माता हुन नी मेरी आमा जस्तै by raj khanal

Subscribe to:
Comments (Atom)