Powered By Blogger

Monday, January 23, 2012

Sunday, January 22, 2012

Monday, December 12, 2011

''मेरो एउटा नमिठो सपना''

मेरो एउटा नमिठो सपनालाई गजलको रुप दिएको छु !! हजुरहरुको प्रतिक्रियाको आशा छ ! ==========गजल ============ सपनी आज नराम्रो देखें, जलेको थियो घर ! आमाका आँखा भिजेका थिए, ढलेको थियो घर ! नरुनु भनि सम्झाउदै गर्दा, म पनि रोएँ झन ! बाबाका सारा रहर संगै, बलेको थियो घर ! सपनी आज नराम्रो देखें ,जलेको थियो घर ! दैबलाई भने झर्किदै मैले, यो तैले के गरिस ? सुख र दुख जसो भएनी, चलेको थियो घर ! सपनी आज नराम्रो देखें, जलेको थियो घर ! दाजुले भन्यो हे मेरा भाइ, ओत लाग्ने कहाँ हो ? सबैका आँसु झरेका थिए, गलेको थियो घर !! सपनी आज नराम्रो देखें, जलेको थियो घर ! आँगनी भरि गाउँले थिए, झन भयो रमिता ! झुक्याई त्यहाँ भाग्यले हाम्रो, छलेको थियो घर ! सपनी आज नराम्रो देखें, जलेको थियो घर !

Monday, December 5, 2011

उ संग मेरो चिनाजानि

मलाई एकजना केटि असाध्यै मन पर्छ भन्या!! उ पनि म संग राम्रो ब्यबहार गर्छ । उसको घर मेरो घर भन्दा लगभग पांच किलोमिटर टाढा पर्छ सानैमा उसको र मेरो चिनाजानि भयको हो । उ कहिलेकाहि मात्र भेट हुदा पनि राम्रो सञ्चो बिसञ्चो कुराहरु गर्ने गरंती ! उ अहिले कतीमा पढ्दै छे थाहा छैन । तर म त एस एल सि पास गरेर छोडिदियको हो धेरै पढेको छैन् । मलाई उसको बारेमा धेरै भन्दा धेरै कुराहरु को जानकारी पाउन जरुरि छ । खै काहाबाट कसरि सुरुवात गर्ने कुरालाई कसरि अगाडि बढाउने म त अलमल मा परेको छु । यदि तपाईहरु मध्य कसैलाई यसको बारेमा राम्रो ज्ञान भय मलाई ईनबक्स मा मेसेज गर्नुहोला ।

"आमा "

"आमा " धन्य छ आमा संसारमा जन्म दिनु भो ९ महिनाको कस्ट पछी उज्यालो दिनु भो,आफ्नै काखमा हुर्काई बढाई गरी मेरो बाल्ल्येकाल्को साहारा दिनु भो न खाई खाई मलाई खुवाउनु भयो पसिना को धारा ले सरीरमा भिजाऊदै मेरो लागि दुख गर्नु भो म धन्ने छु आज हजुरको काख बाट जन्म लिगी संसारको हरेक गति बिधि नियाल्दै छु|जे होस् जिन्दगीको तितो मिठो खल्लो सबै रहरको अनी भोगाइको भुमरीमा तैरिन सिक्दै छु| मलाई थाहा छ आमा तपाइको मेरो लागि गर्नु भएको त्याग तपस्स्या अनी दुख मेरो हिर्दये अनी नयन ले झल् झली देखि रहेको छ|अनी मुटुले हजुरको पीडाको आज महसुस गर्दै छ म खुशी छु हजुरको काखमा जन्मन पाए|हजुरले मलाई हिड्नको लागि औला को साहारा दिनु भो अनी राम्रो गुण बोलि सिकाउनु भो|बामे सर्दै आज यो अवस्थामा आइपुगेको छु|जुन अवस्था म आफै राम्रो अनी न राम्रो छुट्याउन सक्ने अवस्था| आफै उकाली ओराली गर्न सक्ने भएको छु|झरीको त्यो दिन सम्झदै छु तपाई आफै भिज्दै मलाई आफ्नो आचाल्मा लुकाउनु भएको थियो म आनन्दले बस्थे|मेला पात बन जंगल बाट फुल अनी फल पोल्टामा पोका पारी ल्याएर दिनु हुन्थ्यो म फेरी कस्तो?मिठो किन न ल्याएको ?म खान्न भन्दै भ्र्यान्ग्को कुनामा रिसाउदै बस्थे अनी फकाउनु हुन्थ्यो म भोलि मिठो ल्याई दिन्छु बाबु भन्दै आमाको ममता दिनु हुन्थ्यो अनी म चुप हुन्थे| वा क्या मिठो थियो तपाइको माया गर्ने आत्मा|धन्ने छु म आज तपाई कै कारण मान्छेको हरेक ब्येभार बाट केहि सिक्दै छु|अनी समएको र हावाको बेग संग्ग आफुलाई राम्रो दिसा तीर निकाल्न सिक्दै छु|सांसारिक सुख र साधन बाट र स्वार्थ ले ओत पोत मानब हरु बीच मोह त्याग अनी निस्वार्थ पनको भाबना खोज्दै छु|बस तपाइँ को कारण || बस तपाइँ को कारण || आज मलाई motherko को याद ले सताएर फटा फट दुइ चार सब्द कोर्दै तपाई हरु सामू बाडेको छु झर्को न मानीदिनु होला ||

Sunday, November 27, 2011

लुटेर पेट भर्नु भन्दा भोकै बस्छु बरु ! 'कृष्ण' जप्छु धोती बेर्छु, बन पस्छु बरु ! जन्मे नाङ्गै, मर्दा नाङ्गै के छ मरी लानु ? जोगी बन्छु, निधार मा, छारो घस्छु बरु ! दिएका छ्न्, इश्वर ले सग्ला हात र गोडा मिहिनेत गर्छु, पसिना झार्छु, घुँडा धस्छु बरु ! झर्दा तारा, आँखा चिम्लि माग्दा पुग्छ भने सबको ईच्छा पुरा गर्न, म नै खस्छु बरु ! 'प्रखर' पुर्न, खाल्डो खन्ने, दु:ख नगर है पासो थाप्छु आफ्नो लागि, आफै फस्छु बरु !! (लुटेर पेट भर्नु भन्दा भोकैबस्छु बरु ! 'कृष्ण' जप्छु, धोती बेर्छु, बन पस्छु बरु !)