Thursday, February 7, 2013
Monday, January 23, 2012
Monday, December 12, 2011
''मेरो एउटा नमिठो सपना''
मेरो एउटा नमिठो सपनालाई गजलको रुप दिएको छु !!
हजुरहरुको प्रतिक्रियाको आशा छ !
==========गजल ============
सपनी आज नराम्रो देखें, जलेको थियो घर !
आमाका आँखा भिजेका थिए, ढलेको थियो घर !
नरुनु भनि सम्झाउदै गर्दा, म पनि रोएँ झन !
बाबाका सारा रहर संगै, बलेको थियो घर !
सपनी आज नराम्रो देखें ,जलेको थियो घर !
दैबलाई भने झर्किदै मैले, यो तैले के गरिस ?
सुख र दुख जसो भएनी, चलेको थियो घर !
सपनी आज नराम्रो देखें, जलेको थियो घर !
दाजुले भन्यो हे मेरा भाइ, ओत लाग्ने कहाँ हो ?
सबैका आँसु झरेका थिए, गलेको थियो घर !!
सपनी आज नराम्रो देखें, जलेको थियो घर !
आँगनी भरि गाउँले थिए, झन भयो रमिता !
झुक्याई त्यहाँ भाग्यले हाम्रो, छलेको थियो घर !
सपनी आज नराम्रो देखें, जलेको थियो घर !
Monday, December 5, 2011
उ संग मेरो चिनाजानि
मलाई एकजना केटि असाध्यै मन पर्छ भन्या!!
उ पनि म संग
राम्रो ब्यबहार गर्छ । उसको घर मेरो घर भन्दा लगभग
पांच किलोमिटर टाढा पर्छ सानैमा उसको र
मेरो चिनाजानि भयको हो । उ कहिलेकाहि मात्र भेट हुदा पनि राम्रो सञ्चो बिसञ्चो कुराहरु गर्ने गरंती ! उ
अहिले कतीमा पढ्दै छे थाहा छैन । तर म त एस एल सि पास गरेर
छोडिदियको हो धेरै पढेको छैन् । मलाई उसको बारेमा धेरै
भन्दा धेरै कुराहरु को जानकारी पाउन जरुरि छ । खै
काहाबाट कसरि सुरुवात गर्ने कुरालाई
कसरि अगाडि बढाउने म त अलमल मा परेको छु ।
यदि तपाईहरु मध्य कसैलाई यसको बारेमा राम्रो ज्ञान
भय मलाई ईनबक्स मा मेसेज गर्नुहोला ।
"आमा "
"आमा "
धन्य छ आमा संसारमा जन्म दिनु भो ९ महिनाको कस्ट
पछी उज्यालो दिनु भो,आफ्नै काखमा हुर्काई बढाई
गरी मेरो बाल्ल्येकाल्को साहारा दिनु भो न खाई खाई
मलाई खुवाउनु भयो पसिना को धारा ले
सरीरमा भिजाऊदै मेरो लागि दुख गर्नु भो म धन्ने छु आज
हजुरको काख बाट जन्म लिगी संसारको हरेक
गति बिधि नियाल्दै छु|जे होस्
जिन्दगीको तितो मिठो खल्लो सबै
रहरको अनी भोगाइको भुमरीमा तैरिन सिक्दै छु| मलाई
थाहा छ आमा तपाइको मेरो लागि गर्नु भएको त्याग
तपस्स्या अनी दुख मेरो हिर्दये अनी नयन ले झल्
झली देखि रहेको छ|अनी मुटुले हजुरको पीडाको आज महसुस
गर्दै छ म खुशी छु हजुरको काखमा जन्मन पाए|हजुरले मलाई
हिड्नको लागि औला को साहारा दिनु
भो अनी राम्रो गुण बोलि सिकाउनु भो|बामे सर्दै आज
यो अवस्थामा आइपुगेको छु|जुन अवस्था म आफै
राम्रो अनी न राम्रो छुट्याउन सक्ने अवस्था| आफै
उकाली ओराली गर्न सक्ने भएको छु|झरीको त्यो दिन
सम्झदै छु तपाई आफै भिज्दै मलाई आफ्नो आचाल्मा लुकाउनु
भएको थियो म आनन्दले बस्थे|मेला पात बन जंगल बाट फुल
अनी फल पोल्टामा पोका पारी ल्याएर दिनु हुन्थ्यो म
फेरी कस्तो?मिठो किन न ल्याएको ?म खान्न भन्दै
भ्र्यान्ग्को कुनामा रिसाउदै बस्थे अनी फकाउनु
हुन्थ्यो म भोलि मिठो ल्याई दिन्छु बाबु भन्दै
आमाको ममता दिनु हुन्थ्यो अनी म चुप हुन्थे|
वा क्या मिठो थियो तपाइको माया गर्ने आत्मा|धन्ने छु
म आज तपाई कै कारण मान्छेको हरेक ब्येभार बाट
केहि सिक्दै छु|अनी समएको र हावाको बेग संग्ग आफुलाई
राम्रो दिसा तीर निकाल्न सिक्दै छु|सांसारिक सुख र
साधन बाट र स्वार्थ ले ओत पोत मानब हरु बीच मोह
त्याग अनी निस्वार्थ पनको भाबना खोज्दै छु|बस तपाइँ
को कारण || बस तपाइँ को कारण ||
आज मलाई motherko को याद ले सताएर फटा फट दुइ
चार सब्द कोर्दै तपाई हरु सामू बाडेको छु झर्को न
मानीदिनु होला ||
Sunday, November 27, 2011
लुटेर पेट भर्नु भन्दा
भोकै बस्छु बरु !
'कृष्ण' जप्छु
धोती बेर्छु, बन पस्छु बरु !
जन्मे नाङ्गै, मर्दा नाङ्गै
के छ मरी लानु ?
जोगी बन्छु, निधार मा, छारो घस्छु बरु !
दिएका छ्न्, इश्वर ले
सग्ला हात र गोडा
मिहिनेत गर्छु, पसिना झार्छु, घुँडा धस्छु बरु !
झर्दा तारा, आँखा चिम्लि
माग्दा पुग्छ भने
सबको ईच्छा पुरा गर्न, म नै खस्छु बरु !
'प्रखर' पुर्न, खाल्डो खन्ने, दु:ख नगर है
पासो थाप्छु
आफ्नो लागि, आफै फस्छु बरु !!
(लुटेर पेट भर्नु भन्दा
भोकैबस्छु बरु ! 'कृष्ण' जप्छु, धोती बेर्छु, बन पस्छु बरु !)
Wednesday, September 28, 2011
विजयादशमी २०६८को शुभकामना.....
हट्यो सारा हिलो मैलो,
हरायो पानीको वर्षा,
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा,
जहाँ जाउँ उतै भन्छन्,
दशै आयो दशै आयो यही आनन्द चर्चाले सबै संकट बिर्सायो
यही आनन्द चर्चाले सबै संकट बिर्सायो
...
टीका होस निधारमा ,
जमरा होस कानमा,
सुख होस परिवारमा ,
शान्ती होस देशमा ,
पुरा होस मनोकामना,
यही छ विजयादशमी २०६८को शुभकामना
Saturday, September 24, 2011
विजयादशमिको हार्दिक मंगलमय शुभकामना.''.....
झुल्लकियोस
दैलो दैलोमा अधँयारो चिरी ज्योति धेरै भो खुशी निभेको आउ उषा लाली पोती
पसिना माग्ने माटो रगतको छिटामा रँमदैन
शरम र शिप कदर भए फल्छ यही मोती
सदभाबको बाता ले आस्थाको छानो कसम
झरी छेकिन्छ कँहा आर्काको छातामा ओती
भोक किन्न सकिदैन चौरासी बेन्जन भए नि
अऋत हुन्छ बरु पसिनाले कमाको रोटी
खुशीको "जमरा" पलाओस् हर नेपाली मनमा
अटल होस् शान्ति बिबेक देउ सरास्वती ।।

Monday, September 19, 2011
जन्म दिनको हार्दिक मंगलमय शुभकामना........ जन्म दिनको हार्दिक मंगलमय शुभकामना........
-जन्म दिनको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना ब्यक्त गर्दछु
शुभकामना छ यो जन्मदिनमा खुशीले भरियोस....... बधाई पनि धेरै छ कामना कष्ट सारा हरियोस....... युगयुग भरियोस क्रीर्ती सुनाम देख्न पाइयोस....... हरेकसाल हजुरको शुभकामना लेख्न पाइयोस.......

Tuesday, September 6, 2011
''बाबुराम भट्टराई को जिवनी''
२०२७ को वैशाख २० गते दिउँसो ।
गोर्खाको पहाडी भेगको एउटा मिडिल
स्कुलमा कक्षा चलिरहेका छन् । कक्षा ७
माएउटा भर्खर जुँगालेनिहुँ
खोजिरहेको खिरिलो युवा अंग्रेजी पढाइरहेको छ । आज
बिहानैदेखि एउटा उत्सुकता मनमा छ,
जसका बारेमा धेरै विद्यार्थीलाई अनुमान छैन ।
बिहानै गाउँको प्रधानको छोरा हरि ढकालले
एसएलसीको रिजल्ट भएको खबर सुनाएर गएको छ।
शिक्षक जो, गोर्खाको अमरज्योति मिसन
स्कुलको विद्यार्थी हो, उसलाई रिजल्टमा त्यति धेरै
चासो त छैन, तर कृष्णले गीतामा जति शब्द खर्चिएर
'कर्म गर फलको आशा' नगर भने पनि जाँच
दिएको विद्यार्थीलाई रिजल्टको पर्खाइ भई नै
हाल्छ । सो, यो तीन महिने शिक्षकलाई पनि चासो छ
। अमर ज्योतिको एउटा विद्यार्थी चाँडै गाउँ
फर्कियो । र, उसले एउटा खबर सुनायो । अब
शिक्षकको खुल्दुली झन् बढ्दो छ । साढे दुई बज्यो,
गाउँबाट रेडियो स्कुलमा आयो । र,
कक्षा लिइरहेको शिक्षकबाहिर निस्किएर
रेडियो सुन्न थाल्यो । रेडियोले भन्यो- 'आज
प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भयो ।
नतिजा अनुसार अमर ज्योति हाइस्कुल,
गोर्खा लुइँतेलका बाबुराम भट्टराई सर्वप्रथम
भएका छन्' । समाचारले शिक्षकको अनुहार
चहकिलो भयो । तर, रेडियो फिर्ता गरेर ऊ
पुनः कक्षामा प्रवेश गर्यो र बाँकी पाठ
पढाउनथाल्यो ।
चालीस वर्षपछि ललितपुरको एकान्तकुनामा त्यस
दिनको स्मरण गर्दा पनि डा. बाबुराम
भट्टराईको अनुहारको भाव तटस्थ थियो ।डाँडै-
डाँडाले घेरिएको रिङरोडबाहिरको ललितपुरलाई
बादलले आज निकै नजिकबाट घेरा हालेको छ । सेतो,
कालो र फुस्रो बादलका झुप्पाहरू गुजुमुज्ज भएर
सहरतिर ओर्लिन लागेजस्तो देखिन्छ । घरभित्र सौम्य,
शालीन मुद्रामा भेटिएका डा. भट्टराई
पनि बादलजस्तै शान्त देखिन्छन् । कोठामा माक्र्स,
एङ्ग्लेल्स, लेनिन, माओको फोटो लहरै टाँगिएका छन् ।
तलपट्टि माओवादीले प्रस्ताव गरेको संघीय
नेपालको नक्सा छ । पछि उनले बताए, यो नक्सा मैले नै
डिजाइन गरेको हुँ । यस नक्साअनुसार उनको गाउँ अब
तमुवान राज्यमा पर्नेछ, जसको सदरमुकाम उनले
पोखराघोषित गरेका छन् । देशमा आजसम्म थुप्रै
विद्यार्थी एसएलसीमा बोर्डफस्ट भए । तर, बाबुराम
भट्टराईको जस्तो बोर्डफस्ट ग्ल्यामर न कसैको छ न
हुने देखिन्छ ।
उनी उपत्यकाबाहिरका पहिलो बोर्डफस्टका रूपमा
मात्र उनी प्रसिद्ध छैनन्, कहिल्यै दोस्रो नहुने
जिनियसका रूपमा उनी अझ बढी प्रख्यात छन् ।
कसरी भइन्छ सधैं फस्र्ट ? यो मेरो मुख्य प्रश्न थियो ।
उनले सजिलो उत्तर दिए- रुचि,लक्ष्य र मिहिनेतले ।
तर, यति छोटो उत्तरले म मान्ने मुडमा थिइनँ । मलाई
उनको पहिलो कक्षादेखिको पूरै कथा सुन्नु थियो ।
उनले सुरु गरे । मैले पढ्न सुरु गर्दा हाम्रो गाउँमा स्कुल
थिएन । ल, यो त अनौठो भयो, के बाबुराम भट्टराई
बिना स्कुलका फस्र्ट हुन् त ? त्यसो त होइन,
मेरा जेठा बा हरिप्रसाद भट्टराई ज्योतिष
हुनुहुन्थ्यो । उहाँले नै मलाई पहिलोपटक
संस्कृतका श्लोक पढाउनुभएको हो, उनले भने ।
पुस्तकको पहिलो संगत चाहिँ यिनले मुहूर्त
चिन्तामणि बाट गरे । मैले रुद्री, चण्डी पढिनँ, ६-सात
वर्षको उमेरको कथा सम्झीए ।१८
सालमा उनको गाउँमा एउटा नयाँ 'चिज'
को थालनी भयो । नेपाली सेनाबाट बर्खास्त
भएका भक्तबहादुर भुजेल गाउँका फुच्चेहरूलाई
कखरा चिनाउन तम्सिए । एकदिन उनले
गाउँको चौतारामा गाउँका बच्चा जम्मा गरेर
भर्ना लिए, बाबुराम बिस्तारै रोमाञ्चित हुँदै
गएका छन् । टाउकाको रंग तिलचामलेबाट
अलि अघि बढेपछि मान्छे
पुराना कुरालेबढी उत्साही हुन्छ ।
यी माओवादी नेता पनि त्यस्तै देखिए ।
कक्षामा सातवर्षका बाबुरामदेखि २०-२२
वर्षसम्मका विद्यार्थी थिए । भुजेलगुरु
टुटेफुटेको अंग्रेजी पनि बोल्थे र हरेक बिहान हामीलाई
पिटी खेलाउँथे, उनले भने ।
चौतारी कक्षाको केही महिनामा भुजेल गुरुको स्कुल
एउटा छाप्रोमा सर्यो । एक वर्ष
जतिको छाप्राका बासपछि अब उनी औपचारिक स्कुल
शिक्षाका लागि तयार भए ।
घरदेखि अढाई घन्टा पैदल
दूरीमा रहेको लुइँटेलमा क्रिस्चियन मिसनरीहरूले
नयाँ स्कुल खोले । बाबुराम त्यतै डेरा लिएर बस्ने
गरी घरबाट बिदा भए । स्कुलले सुरुमै उनलाई तीन
कक्षामा भर्ना लियो । तर,
यहाँ पनि स्कुलचाहिँ थिएन । पहिलोपटक
चौतारामा भर्ना भएको म ०१९ साल फागुन २० गते
दोस्रोपटक आँपको बगैंचामा भर्ना भएँ, उनले सुनाए ।
केही समय बगैंचामा पढेपछि स्कुलको भवन बन्यो । चैत र
वैशाख दुई महिना पढेपछि जेठमा उनी तीन
कक्षाको अर्धवाषिर्क परीक्षा दिन तयार भए ।
नतिजा आयो, बाबुरामको जिन्दगीभर फस्र्ट हुने
रेकर्डको खाता यहीँबाट खुल्यो। म फस्र्ट भएँ र तुरुन्तै
चार कक्षामा बढुवा भएँ, उनले बताए । जेठबाट सुरु
भयो कक्षा चारको पढाइ । मंसिरमा उनले
आफूभन्दा चार
महिनादेखि त्यही कक्षामा पढिरहेका साथीहरूसँग
परीक्षा दिएँ । र, नतिजाले उनीबाहेक सबै
आश्चर्यमा परे,फेरि पनि पहिलो हुने
विद्यार्थीको नाम बाबुराम नै थियो । पाँच
कक्षामा यिनको कक्षामा एउटा विद्यार्थी थपिए ।
ती थिए, उपेन्द्र देवकोटा । अर्को प्राइमरी स्कुलबाट
आएका यी देवकोटा पनि तेज विद्यार्थी मानिन्थे ।
दस कक्षासम्मै बाबुराम पछिको दोस्रो भएर यिनले
यसको पुष्टि पनि गरे । उपेन्द्र सधैं दोस्रो हुन्थे ।
उनको र मेरो नम्बरमा प्रायः सय नम्बर भन्दा बढीकै
अन्तर हुन्थ्यो,उनको र तेस्रोको बीचमा पनि यति नै
फरक हुन्थ्यो, बाबुरामले भने । सय
भन्दा बढीको यो अन्तर दस कक्षामा तोडियो ।
उपेन्द्रको र मेरो टेस्टमा ६९ नम

Monday, September 5, 2011
आफन्तैको विश्वासमा परेर धोका पाएर:नियोगको शरणमा
तनहुँ डोरफेदी ६, खोराडीका १८ वर्षिय
क्षितिज आले मगर पनि २५ अगष्ट नियोग आईपुगेका छन्
। अयूष ईन्टरनेशल ओभरसिज प्रा.लि काठमाण्डौका
शाखा कार्यालय पोखरामा ९५ हजार तिरेर
रोजगारका लागि दोहा आएका आले मगर भने अफिस
व्वाईमा आएका वताए । उनी ११ कक्षा भर्ना भएर
पढाई छाडेर आएका वताए । खासै केही कामको अनुभव
नभएर अफिस ब्वाईमा आएको वताए ।
काम सजिलो र भित्र हो भनेर स्थानिय
एजेन्टको विश्वासमा म्यानपावर
कम्पनीमा पैसा वुझाएर आएको आले मगरलाई पनि ८ सय
रियाल तलव, खाना र वस्नको सुविधा र
ओभरटाईमको प्रलोभनमा चिनजानकै मान्छेवाट
धोका दिएका वताए । उनलाई अफिसको काम भने
पनि अरवीको घरमा गाडी सफा गर्ने, गार्डेनमा काम
गर्नुपर्ने र
घरायसी काममा लागएपछि उनि घरको काम छोडेर
नियोगको शरणमा आएका हुन् ।
उनि पनि भनेका जस्तो काम र तलव नपाए पछि नेपाल
फर्कन आशयले नियोगको शरणमा आएका हुन् ।
नेपालमा म्यानपावर एजेन्टले भनेको जस्तो तलव र काम
नभएपछि उनि पनि फर्कन लागेका हुन् । उनि अगष्ट १३
तारिख नेपालवाट दोहा आएका हुन् भने १४ तारिखवाट
नै अरवीको घरमा काम गर्न थालेका हुन् लगभग ११ दिन
काम गरेर छोडेर आएका वताए । दुवै
आफन्तैको विश्वासमा परेर धोका पाएका पिडीत हुन् ।
अहिले विभिन्न म्यानपावर र स्थानिय एजेन्टले आºनै
नातेदार नजिकका आफन्तलाई फसाएर वैदेशिक
रोगजारीमा पठाउन गरेको देखिएको छ ।
आफन्तैको विश्वासमा परेर
धोका पाएका यी पिडीतलाई उद्धार र पिडक
कारवाही गर्ने प्रतिवद्धता नेपाली नियोगले
जनाएको छ ।

Sunday, August 28, 2011
खैरेनी दुलेगौंडा र ढोरफिर्दी तीनवटा गाविसलाई जोडेर शुक्ला गण्डकी नगरपालिका बन्ने
काठमाडौं- सरकारले यसैवर्ष घोषणा गरेको बजेट भाषणमा तनहुँमा खैरेनी र दुलेगौंडा गाविसलाई जोडेर खैरेनी दुलेगौंडा नगरपालिका बनाउने घोषणा गरेको थियो । सरकारको उक्त घोषणापछि ती दुई गाविसको छिमेकी ढोरफिर्दी गाविसका बासिन्दाहरुको दबाबका कारण अब खैरेनी दुलेगौंडा र ढोरफिर्दी तीनवटा गाविसलाई जोडेर शुक्ला गण्डकी नगरपालिका बन्ने भएको छ । नेवि संघका पूर्व केन्द्रिय अध्यक्ष प्रदिप पौडेलका अनुसार नगरपालिकाको केन्द्र दुलेगौंडालाई पार्ने गरि करिब चालिस हजार जनसंख्यालाई समेटिने छ । उक्त नगरपालिका पृथ्वी राजमार्गको दायाबाँया साइडमा पर्ने भएको छ । तनहुँमा यसअघि एउटा मात्र व्यास नगरपालिका थियो र अब सरकारको घोषणापछि तनहुँमा बन्दिपुर नगरपालिका र शुक्ला गण्डकी नयाँ दुईवटा नगरपालिका थपिएको छ । From:-Pokhara Today.
Monday, July 18, 2011
देशको लागि रुनु भा छ ?
देशको लागि रुनु भा छ ?
नेपालीहरु खाली कुरा मात्र काट्छन् ,
यो देशमा यस्तो भएन, उस्तो भएन । कहिले जातिय
भेदभाव भयो भनेर कराँऊछन् त कहिले भ्रष्ट
कर्मचारीहरुले पैसा खाए, देश बरबाद
भयो भन्दछन् । आफ्नै सरकारसँग रिसाउँछन्
अनि दोश जति सबै, नेताहरुलाई दिन्छन् । तर
कहिल्यै तपाईले राम्ररी सोच्नु भाछ
कि नेपालको मुलधार समस्या के हो? अँह।
मेरो बिचारमा तपाईले सोच्नु नै भा छैन । म त
के भन्छु भने नेपालको मुल
समस्या भनेको यहाँका मानिसहरुमा देश
भक्तिको भावना नै छैन । यहाँका मानिसमा एक-
अर्काप्रति माया भन्ने नै छैन । यो निष्कर्ष,
म यहाँ मातातीर्थको एउटा स्कुलमा स्वयंसेवक
भएर काम गर्दा निकालेको हुँ ।
सर्वप्रथम त म मेरो देश
कोरियाको बारेमा केही भन्न चाहन्छु जसले
गर्दा तपाईहरुलाई मेरो विचार बुझ्न
सजिलो हुन्छ । झण्डै साठी बर्ष
अगाडि कोरियाली महायुद्ध सकिंदा पचास लाख
भन्दा बढी कोरियालीहरु मारिए र
कोरिया बिश्वको सबैभन्दा गरिब
मुलुकमा गनिने थियो। हामीसँग प्राकृतिक
श्रोतहरु नै थिएनन् र हाम्रो देश एकदम कठीन
अवस्थामा गुज्रिरहेको थियो ।
त्यसमाथि सरकारी कर्मचारीहरु एक
नम्मरी भ्रष्ट थिए । हाम्रो समाज पनि दिन-
प्रतिदिन गनाउँदै गैरहेको थियो। हामी दुई
दर्जामा बिभाजित थियौं याङबान
(माथिल्लो बर्ग) र साँगनोम (तल्लो बर्ग) ।
त्यति बेला कोरियालीहरु जापान, ताईवान,
नेपाललाई हेरेर ईर्स्या गर्थे।
हामी बाँच्नको लागि जे गर्ने पनि तयार
थियौं । यस्तो कठोर समयमा कोरियालीहरुले अब
हामी समृद्ध हुनुपर्छ भनेर
समाजको यो विभाजनहरु त्यागेर देशलाई
अग्रगांमी बिकास तर्फ धकेल्न कोशिश गरे ।
जब तत्कालीन राष्ट्रपति पार्क जुङ्ग हीले
त्यहाँको सरकार सम्हाले, कोरियामा न त कसैले
बैदेशिक लगानी नै गर्थे वा कुनै सहायता नै
दिन्थे। यस्तो बेलामा कोरियाले आफ्ना धेरै
कामदारहरुलाई बिदेश काम गर्न पठाए।
त्यति खेरको पश्चिम जर्मनीमा काम गर्न ओईरिए
धेरै कोरियानहरु। उनीहरुले कमाएर
पठाएका पैसाले कोरियामा कल कारखानाहरु बन्न
थाले र कोरिया बिस्तारै अगाडि बढ्न थाल्यो।
१९६४ मा जब राष्ट्रपतिले जर्मनी भ्रमण गरे,
त्यहाँका कोईलाखानीमा काम
गरिरहेका कामदारहरुले उनलाई टोलाएर सोधे,
“हामी कहिले धनी हुन्छौं? बताईदिनुहोस् न!“
उनले आँखा भरि आँसु बोकी रुदैँ उत्तर दिए,
“कुनै दिन, कुनै दिन अवश्य धनी हुन्छौं । ”
यसरी अमेरिकामा बसी आएका धेरै कोरियन
वैग्यानिक र ईन्जिनिएरहरु पनि बिस्तारै
कोरिया फर्कन थाले केवल एउटै सोच बोकेर,
“कसरी आफ्नो देशलाई बलियो र धनी बनाउने”।
अमेरिकामा पाउने पारिस्रमिकभन्दा धेरै कम
पाए पनि उनीहरु जोडतोडका साथ कोरियामै
काममा अगाडि लागिरहे। हरु उनीहरुले
आफ्नोलागि मात्र होइन, देश
आफ्नो भविष्यका कर्णधारहरुको लागि पनि बनाउनु
पर्छ भन्नेमा विश्वास गर्थे । मेरो बाबु-
आमाका जमानाका कोरियनहरु सबैले
आफ्नो परिवार र देशको लागि ठुलो त्याग गरे ।
दिनहुँ १४ घण्टा कठोर काम गर्थे। आमाहरु
आफ्नो बच्चालाई दुध खुवाउँदै कल-
कारखानामा काम गर्थे । आफ्ना बच्चालाई
कसरी कठोर मिहेनत गर्नुपर्छ भनेर सदैव पाठ
सिकाउँथे । यसैको ज्वलन्त परिणाम
अहिलेको समृद्ध कोरिया हेर्नुहोस् ।
नेपाली हो, के तपाईंहरुले
आफ्नो देशको लागि रुनुभएको छ ? मैले त
सुनेको छु
नेपाली युवाहरुमा देशप्रति माया नै छैन।
मैले यो पनि सुनेको छु उनीहरु नेपालबाट
सधैँको लागि छोडेर जान चाहन्छन्
किनकि उनीहरु यहाँको जातभात मन पराउँदैनन
या यहाँको गरिबीबाट भाग्न चाहन्छन्,
या यहाँ आफ्नो भविष्य देख्दैनन् यहाँ। तर
यसो सोच्नुहोस् त, तपाईँहरु कुरा काट्दै
वा देशको वास्ता नगरी तर्किदैँ गर्नु बेश
कि आफै अगाडि लम्केर देशको सेवा गर्नु।
मेरो एउटा सपना छ, म कुनै दिन
पिडा बोकेका मानिसहरुलाई यो चरम गरिबी,
भोकमरी, जड चलनबाट मुक्ति दिनेछु।
नेपालको बास्तबिकता आफ्नै आँखाले देखेर,
मेरो यो बिश्वास झन बलियो बनेको छ।
जहाँ एउटा रोगको चपेटामा परेको बच्चासँग
ओखती किन्ने पैसा छैन, ऊ झोपडीमा बस्छ र
स्कुल जाने अवसर पाउँदैन।
जहाँ एउटा बिधार्थी जति पढे पनि सफल हुन
सक्दैन, आफ्नो जात वा गरिबीले गर्दा।
यस्तो समाज जहाँ एक आमाले आफ्नो बाल-
बच्चाको हेरबिचार मात्र होइन,
खेतमा दिनभरि काम गर्नु पर्छ जब
कि उता उनका श्रीमान्
चाहिँ केही नगरी चाहारेर हिंडछन्,
यस्तो समाज जहाँ एक पाँच बर्षिया नाबालाक
आफ्नो पेट पाल्न
ईट्टा भट्टीमा देनभरि ईट्टा बनाउन बिवश छ ।
नेपालको बास्तबिकता हेर्दा त मलाई
कहाली लाग्छ तर यसैबाट मेरो सोच अझ दृढ
बनेको छ । मलाई थाहा छ धेरै नेपाली हिन्दु
धर्मावलम्बी हुनुहुन्छ । तर
तपाईंका करोडौं भगवानहरुलाई जति पुजे
पनि केही हुनेवाला छैन यदि तपाईंले अहिल्यै
कुनै ठोस कदम उठाउनु भएन भने । पुजेर होइन
गरेर खुशी हुन्छन् तपाईंका भगवानहरु।
नेपाल र तपाईंको भविश्य सुनिश्चित
गर्नको लागि आजको आवश्यकता भनेको केही गर्नु
नै हो । तपाईंले जसरी भगवानप्रति माया र
भक्ति देखाउनु हुन्छ, त्यसरी नै
आफ्नो छिमेकी र देश प्रति पनि देखाउनुहोस्
अब। तपाईंलाई थाहा नै छ कि यो देशका भगवानहरु
खुशी तब हुन्छन् जब तपाईं आफै देशको बिकास र
समृद्धिमा लाग्नुहुन्छ ।
त्यसैले बिन्ती गर्छु, आफ्नो देश र
छिमेकीलाई माया गर्न थाल्नुहोस् ।
आफ्नो बच्चालाई देशको माया गर्न
सिकाउनुहोस् । देश बनाउने काममा आनन्द लिन
थाल्नुहोस् । नेपालको लागी रुने को हुन्छ र
आखिर ? तपाँई नै! यी बिशाल
हिमालयको अन्तरआत्मालाई आदर गर्ने
अनि विश्वकै एकमात्र किसिमको झण्डालाई
बोक्ने को हुन्छ त आखिर ?
तपाईंले नै बोक्नु पर्छ
नेपालको उज्यालो भविश्य बनाउने जिम्मेवारी।
तपाँईको देश, तपाँईकै जिम्मेवारी हो ।
नेपालको जय होस् ।

Thursday, July 14, 2011
फेसबुकमा भिडियो च्याटिङ सुरु हुँदै, गुगलको पनि नयाँ सेवाको तयारी.......... ............... ......! Byरेडीयो लुम्बिनी एफएम
गुगलसँग
प्रतिस्पर्धाका लागि चालिएको एक
कदमको रूपमा हेरिएको एक
नयाँ प्रविधिका रुपमा फेसबुकले
पनि भिडियो च्याटिङको सुविधा छिट्टै उपलब्ध
गराउने भएको समाचार छ ।
फेसबुकको जस्तै अर्को विश्व विख्यात साईट
गुगलले पनि गुथल प्लस नामको अर्को एवं
नयाँ साईट थाल्ने भएको घोषणा यस अघि नै
गरिसकेको छ । गुगल
प्लसमा भिडियो च्याटको पनि सुविधा रहेको बताइएको छ
।
फेस बुकले यो नयाँ सेवा सुरु गर्नकाल
लागि स्काइपबीच
साझेदारी भएको समाचारमा जनाइएको छ । दुबैले
केही शीघ्र
सन्देशका लागि केही औजारहरुको उपयोग
गर्दछन् ।
यो वर्षको सुरुमा माइक्रोसफ्टले स्काइपलाई
किनेको थियो ।
स्काइपमा फेसबुकको पनि हिस्सा रहेको छ तर
कानुनीरूपमा यो सम्झौता अभैm पूरा भएको छैन
।
नयाँ भिडियो च्याटको सुविधा घोषणा गर्दै
फेसबुकका संस्थापक मार्क जुकरबर्गले अहिले
फेसबुकको उपयोग गर्नेहरूको सङ्ख्या ७५ करोड
पुगेको घोषणा गर्नुभयो ।
यद्यपि उहाँले सक्रिय
मानिसहरूको सङ्ख्या अब
साइटको सफलताको उपयोगीस्तर
नबनेको बताउनुभयो । उहाँले यसबाट
फेसबुकका सदस्यहरू आपसमा कति तस्बिर,
भिडियो लिङ्क र वेब लिङ्कको उपयोग
गरिरहेका छन् भन्ने बारेमा सफलताको धेरै
सङ्केत प्राप्त हुने बताउनुभयो ।
फेसबुकको भिडियो च्याटको प्रविधिअनुसार
यो कुराकानी दुई व्यक्तिबीचमा सम्भव हुनेछ
तर गुगलको तर्फबाट भने यो सुविधा एकै
पटकमा धेरै मानिसहरूबीच सम्भव हुने
बताइएको छ

Friday, July 1, 2011
असारै महिना खेतमा धान रोपेर
असारै महिना खेतमा धान रोपेर
बस्यौ कि
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!
म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ
दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ
सम्झिन्छु आज ति दिन हाम्रा खाडीमा बसेर
न सके फिर्न न सके रिण तिर्न मुग्लान पसेर
कठै ! पानी चुहयो कि घरमा चिसोमा बस्यौ की
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!
नसराप्नु प्रिया ! पापिले यस्तो हाल
गर्यो भनेर
प्रदेसी गाउँमा भुलेर बस्ने चाल् गर्यो भनेर
साँहुको रिण सके त तिर्न हाँस्नेथ्यो मुहार
प्रदेसी पक्कै फर्किन्छ एकदिन
माया चाँही नमार
रातो माटो चिप्लो बाटो डिलबाट खस्यौ कि
बर्षा र बाढि आयो कि कतै हिलोमा फस्यौ कि !!by.::spain nepal

Thursday, June 16, 2011
नेपाली रास्ट्रीय गान
भई फैलिएका, मेची-माहाकाली। सयौं थुँगा फूलका हामी,
एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-
माहाकाली। ...प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल। ज्ञानभूमि,
शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड
यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा,
धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय
जय नेपाल।
Sunday, May 29, 2011
पेन्सनका लागि जिउदै बुवालाई मरेको बनाइयो
जिवितै रहेका बुबालाई मरेको कागजपत्र बनाएर
बझाङका एक युवकले पेन्सन खाने गरेको पाइएको छ । उनले
आपुनी आमालाई समेत बुवा मरेको भनेर काजकि्रया गर्न
लगाएका हुन ।
बझाङको कोईरालाकोट गाविस-८
देबस्थलीका कृष्णप्रसाद उपाध्यायले जिवितै
रहेका बुवा विष्णुप्रसादलाई मरेको कागजपत्र
बनाएका हुन । उनले बुवा मरेको भन्दै आमा गोमतीलाई
समेत काजकि्रया गर्न लगाएका हुन ।
उपचारका लागि लगेका बुवालाई मृत्यु भएको भन्दै
गाउँमा समेत अन्तिम संस्कार गर्न लगाएका थिए ।
त्यसपछि उनले
आमाको नाममा जिल्ला शिक्षा कार्यालयबाट पेन्सन
लिइरहेको खुलेको छ ।
बझाङको खप्तड प्राविका शिक्षक विष्णुप्रसाद
उपाध्याय बिरामी भएपछि उनका छोरा कृष्णप्रसादले
उपचारका लागि भारत लगेका थिए । भारतमा उपचार नै
नगरी उतै छोडेर घरमा फर्केका थिए । बुवा मरेको भन्दै
काजकि्रया गर्न लगाएर गाविसमा समेत मृत्यु
दर्ता गराएका थिए । गाविसले गरेको मृत्यु
दर्ताको प्रमाणपत्रले जिल्ला शिक्षा कार्यालयबाट
पेन्सनका लागि कागजपत्र बनाएको हो । तीन
वर्षदेखि जिवितै बुवालाई मरेको बनाएर पेन्सन
लिइरहेका छन ।
२०६४ सालमा भारत
लग्दा मरेका भनिएका विष्णुप्रसाद गत वर्ष घर
फर्केका छन । उनलाई घरमै बन्धक बनाएर
राखिएको स्थानीय बासिन्दाले बताएका छन ।
गाउँघरतिर डुल्न पनि नदिनेको उनका छिमेकीहरु
बताउछन । जिल्ला शिक्षा कार्यालयको रेकर्ड अनुसार
शिक्षक विष्णुप्रसाद उपाध्यायको सेवा अवधि नसकिदै
उनकी श्रीमतिले आफ्ना श्रीमानको मृत्यु भएको प्रमाण
सहित निबेदन दिएको छ । उनका छोरा कृष्णुप्रसाद
उपाध्यायले उनी विरामी नभएर मानसिक सन्तुलन
गुमाएर घर छोडेको बताए । ुपागल भएपछि घर छोडेर गए ।
दुई महिनासम्म फर्केननु उनका छोरा कृष्णप्रसादले भने
घर नआएपछि मरेका होलान भनेर काजकि्रया गरेका हौं ।ु
त्यसपछि आमाको नाममा पेन्सन
पट्टा निकालेको उनको भनाई छ ।
जिल्ला शिक्षा कार्यालयका निमित्त
जिल्ला शिक्षा अधिकारी हिक्मतबहादुर िसंहले
कृष्णप्रसाद उपाध्याय जिवितै रहेको हाल मात्र
थाहा पाएको बताए । त्यतिबेला मरेको भन्ने सबै प्रमाण
भएको र पेन्सनका लागि प्रकि्रया पुरा गरेको भएकोले
शिक्षा कार्यालयले सिफारिस गरेको बताए ।
उनी मरेको भनेर सिफारिस गर्ने गाविस सचिवले
पनि आफूलाई थाहा नभएको बताए । तत्कालिन
कोईरालाकोट गाविसका सचिब धर्मराज जोशीले
श्रीमान मरेको भनेर गोमती र उनका छोरा कृष्णप्रसाद
गाविसमा आएर मृत्यु दर्ताका लागि निवेदन दिएकोले
दर्ता गरिएको बताए । उनले भने'आफन्तले मृत्यु
भएको हो भनेपछि मृत्यु दर्ता गर्नु परिहाल्यो मैले
गाउँघरमा गएर सोध्ने कुरा भएन ।'
पहिले आमाको नाममा पेन्सन गरेको भएपछि अहिले उनी नै
पेन्सन लिने गरेका छन । आमाबाट ईच्छापत्र लिएर
कृण्णप्रसाद उपाध्यायले पेन्सन भत्ता लिने
गरेको राष्ट्रिय वाणिज्य बैक बझाङ शाखाले जनाएको छ
।
In this note: Naresh Khadka

Sunday, May 15, 2011
बाहिर झलमल्ल देख्या होलान् जीवन तर भित्रभित्रै औंसी छाएको कस्ले देख्छ र?
यहाँ बासी खब्बुस् खाएको कस्ले देख्छ र ?
दश धारा पसिना चुहाएको कस्ले देख्छ र ?
लाहुरेले त टन्न ल्याएछ भन्छन् गाउमा
तर नोक्कर बनी कमाएको कस्ले देख्छ र ?
घाम र पानी आधी-हुरी केही पनि नभनी
दिनरात दश नंग्र खियाएको कस्ले देख्छ र ?
उता उनी यता म, एक्लै एक्लै तड्पिएर
दुवैको मन धरधरी रुवाएको कस्ले देख्छ र ?
हेर्दा बाहिर झलमल्ल देख्या होलान् जीवन
तर भित्रभित्रै औंसी छाएको कस्ले देख्छ र?
By'...................'

Wednesday, May 11, 2011
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सँधैसँधै नेपाल लेख्न पाइयोस्
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सँधैसँधै नेपाल लेख्न पाइयोस्
नेपाली श्रम र सिपको प्रभाव दिगन्त फैलियोस्
मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्
नेपालको म सन्तती सगर्व भन्न पाइयोस्
मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ
छ कामना यही मेरो बरू म नर्कमा परूँ
जहाँ पुगेपनि तर नेपाली भन्न पाइयोस्
यो सूर्य चन्द्रको ध्वजा मेरै रगतले रंगियोस्
यहीँको जल अँजुलीभर निलेर मर्न पाइयोस्
स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस्

Subscribe to:
Posts (Atom)