Powered By Blogger
Showing posts with label dhor phirdi news. Show all posts
Showing posts with label dhor phirdi news. Show all posts

Monday, September 5, 2011

आफन्तैको विश्वासमा परेर धोका पाएर:नियोगको शरणमा

तनहुँ डोरफेदी ६, खोराडीका १८ वर्षिय
क्षितिज आले मगर पनि २५ अगष्ट नियोग आईपुगेका छन्
। अयूष ईन्टरनेशल ओभरसिज प्रा.लि काठमाण्डौका
शाखा कार्यालय पोखरामा ९५ हजार तिरेर
रोजगारका लागि दोहा आएका आले मगर भने अफिस
व्वाईमा आएका वताए । उनी ११ कक्षा भर्ना भएर
पढाई छाडेर आएका वताए । खासै केही कामको अनुभव
नभएर अफिस ब्वाईमा आएको वताए ।
काम सजिलो र भित्र हो भनेर स्थानिय
एजेन्टको विश्वासमा म्यानपावर
कम्पनीमा पैसा वुझाएर आएको आले मगरलाई पनि ८ सय
रियाल तलव, खाना र वस्नको सुविधा र
ओभरटाईमको प्रलोभनमा चिनजानकै मान्छेवाट
धोका दिएका वताए । उनलाई अफिसको काम भने
पनि अरवीको घरमा गाडी सफा गर्ने, गार्डेनमा काम
गर्नुपर्ने र
घरायसी काममा लागएपछि उनि घरको काम छोडेर
नियोगको शरणमा आएका हुन् ।
उनि पनि भनेका जस्तो काम र तलव नपाए पछि नेपाल
फर्कन आशयले नियोगको शरणमा आएका हुन् ।
नेपालमा म्यानपावर एजेन्टले भनेको जस्तो तलव र काम
नभएपछि उनि पनि फर्कन लागेका हुन् । उनि अगष्ट १३
तारिख नेपालवाट दोहा आएका हुन् भने १४ तारिखवाट
नै अरवीको घरमा काम गर्न थालेका हुन् लगभग ११ दिन
काम गरेर छोडेर आएका वताए । दुवै
आफन्तैको विश्वासमा परेर धोका पाएका पिडीत हुन् ।
अहिले विभिन्न म्यानपावर र स्थानिय एजेन्टले आºनै
नातेदार नजिकका आफन्तलाई फसाएर वैदेशिक
रोगजारीमा पठाउन गरेको देखिएको छ ।
आफन्तैको विश्वासमा परेर
धोका पाएका यी पिडीतलाई उद्धार र पिडक
कारवाही गर्ने प्रतिवद्धता नेपाली नियोगले
जनाएको छ ।

Sunday, August 28, 2011

खैरेनी दुलेगौंडा र ढोरफिर्दी तीनवटा गाविसलाई जोडेर शुक्ला गण्डकी नगरपालिका बन्ने




काठमाडौं- सरकारले यसैवर्ष घोषणा गरेको बजेट भाषणमा तनहुँमा खैरेनी र दुलेगौंडा गाविसलाई जोडेर खैरेनी दुलेगौंडा नगरपालिका बनाउने घोषणा गरेको थियो । सरकारको उक्त घोषणापछि ती दुई गाविसको छिमेकी ढोरफिर्दी गाविसका बासिन्दाहरुको दबाबका कारण अब खैरेनी दुलेगौंडा र ढोरफिर्दी तीनवटा गाविसलाई जोडेर शुक्ला गण्डकी नगरपालिका बन्ने भएको छ । नेवि संघका पूर्व केन्द्रिय अध्यक्ष प्रदिप पौडेलका अनुसार नगरपालिकाको केन्द्र दुलेगौंडालाई पार्ने गरि करिब चालिस हजार जनसंख्यालाई समेटिने छ । उक्त नगरपालिका पृथ्वी राजमार्गको दायाबाँया साइडमा पर्ने भएको छ । तनहुँमा यसअघि एउटा मात्र व्यास नगरपालिका थियो र अब सरकारको घोषणापछि तनहुँमा बन्दिपुर नगरपालिका र शुक्ला गण्डकी नयाँ दुईवटा नगरपालिका थपिएको छ । From:-Pokhara Today.