Powered By Blogger

Sunday, August 28, 2011

खैरेनी दुलेगौंडा र ढोरफिर्दी तीनवटा गाविसलाई जोडेर शुक्ला गण्डकी नगरपालिका बन्ने




काठमाडौं- सरकारले यसैवर्ष घोषणा गरेको बजेट भाषणमा तनहुँमा खैरेनी र दुलेगौंडा गाविसलाई जोडेर खैरेनी दुलेगौंडा नगरपालिका बनाउने घोषणा गरेको थियो । सरकारको उक्त घोषणापछि ती दुई गाविसको छिमेकी ढोरफिर्दी गाविसका बासिन्दाहरुको दबाबका कारण अब खैरेनी दुलेगौंडा र ढोरफिर्दी तीनवटा गाविसलाई जोडेर शुक्ला गण्डकी नगरपालिका बन्ने भएको छ । नेवि संघका पूर्व केन्द्रिय अध्यक्ष प्रदिप पौडेलका अनुसार नगरपालिकाको केन्द्र दुलेगौंडालाई पार्ने गरि करिब चालिस हजार जनसंख्यालाई समेटिने छ । उक्त नगरपालिका पृथ्वी राजमार्गको दायाबाँया साइडमा पर्ने भएको छ । तनहुँमा यसअघि एउटा मात्र व्यास नगरपालिका थियो र अब सरकारको घोषणापछि तनहुँमा बन्दिपुर नगरपालिका र शुक्ला गण्डकी नयाँ दुईवटा नगरपालिका थपिएको छ । From:-Pokhara Today.

Monday, July 18, 2011

देशको लागि रुनु भा छ ?

देशको लागि रुनु भा छ ?
नेपालीहरु खाली कुरा मात्र काट्छन् ,
यो देशमा यस्तो भएन, उस्तो भएन । कहिले जातिय
भेदभाव भयो भनेर कराँऊछन् त कहिले भ्रष्ट
कर्मचारीहरुले पैसा खाए, देश बरबाद
भयो भन्दछन् । आफ्नै सरकारसँग रिसाउँछन्
अनि दोश जति सबै, नेताहरुलाई दिन्छन् । तर
कहिल्यै तपाईले राम्ररी सोच्नु भाछ
कि नेपालको मुलधार समस्या के हो? अँह।
मेरो बिचारमा तपाईले सोच्नु नै भा छैन । म त
के भन्छु भने नेपालको मुल
समस्या भनेको यहाँका मानिसहरुमा देश
भक्तिको भावना नै छैन । यहाँका मानिसमा एक-
अर्काप्रति माया भन्ने नै छैन । यो निष्कर्ष,
म यहाँ मातातीर्थको एउटा स्कुलमा स्वयंसेवक
भएर काम गर्दा निकालेको हुँ ।
सर्वप्रथम त म मेरो देश
कोरियाको बारेमा केही भन्न चाहन्छु जसले
गर्दा तपाईहरुलाई मेरो विचार बुझ्न
सजिलो हुन्छ । झण्डै साठी बर्ष
अगाडि कोरियाली महायुद्ध सकिंदा पचास लाख
भन्दा बढी कोरियालीहरु मारिए र
कोरिया बिश्वको सबैभन्दा गरिब
मुलुकमा गनिने थियो। हामीसँग प्राकृतिक
श्रोतहरु नै थिएनन् र हाम्रो देश एकदम कठीन
अवस्थामा गुज्रिरहेको थियो ।
त्यसमाथि सरकारी कर्मचारीहरु एक
नम्मरी भ्रष्ट थिए । हाम्रो समाज पनि दिन-
प्रतिदिन गनाउँदै गैरहेको थियो। हामी दुई
दर्जामा बिभाजित थियौं याङबान
(माथिल्लो बर्ग) र साँगनोम (तल्लो बर्ग) ।
त्यति बेला कोरियालीहरु जापान, ताईवान,
नेपाललाई हेरेर ईर्स्या गर्थे।
हामी बाँच्नको लागि जे गर्ने पनि तयार
थियौं । यस्तो कठोर समयमा कोरियालीहरुले अब
हामी समृद्ध हुनुपर्छ भनेर
समाजको यो विभाजनहरु त्यागेर देशलाई
अग्रगांमी बिकास तर्फ धकेल्न कोशिश गरे ।
जब तत्कालीन राष्ट्रपति पार्क जुङ्ग हीले
त्यहाँको सरकार सम्हाले, कोरियामा न त कसैले
बैदेशिक लगानी नै गर्थे वा कुनै सहायता नै
दिन्थे। यस्तो बेलामा कोरियाले आफ्ना धेरै
कामदारहरुलाई बिदेश काम गर्न पठाए।
त्यति खेरको पश्चिम जर्मनीमा काम गर्न ओईरिए
धेरै कोरियानहरु। उनीहरुले कमाएर
पठाएका पैसाले कोरियामा कल कारखानाहरु बन्न
थाले र कोरिया बिस्तारै अगाडि बढ्न थाल्यो।
१९६४ मा जब राष्ट्रपतिले जर्मनी भ्रमण गरे,
त्यहाँका कोईलाखानीमा काम
गरिरहेका कामदारहरुले उनलाई टोलाएर सोधे,
“हामी कहिले धनी हुन्छौं? बताईदिनुहोस् न!“
उनले आँखा भरि आँसु बोकी रुदैँ उत्तर दिए,
“कुनै दिन, कुनै दिन अवश्य धनी हुन्छौं । ”
यसरी अमेरिकामा बसी आएका धेरै कोरियन
वैग्यानिक र ईन्जिनिएरहरु पनि बिस्तारै
कोरिया फर्कन थाले केवल एउटै सोच बोकेर,
“कसरी आफ्नो देशलाई बलियो र धनी बनाउने”।
अमेरिकामा पाउने पारिस्रमिकभन्दा धेरै कम
पाए पनि उनीहरु जोडतोडका साथ कोरियामै
काममा अगाडि लागिरहे। हरु उनीहरुले
आफ्नोलागि मात्र होइन, देश
आफ्नो भविष्यका कर्णधारहरुको लागि पनि बनाउनु
पर्छ भन्नेमा विश्वास गर्थे । मेरो बाबु-
आमाका जमानाका कोरियनहरु सबैले
आफ्नो परिवार र देशको लागि ठुलो त्याग गरे ।
दिनहुँ १४ घण्टा कठोर काम गर्थे। आमाहरु
आफ्नो बच्चालाई दुध खुवाउँदै कल-
कारखानामा काम गर्थे । आफ्ना बच्चालाई
कसरी कठोर मिहेनत गर्नुपर्छ भनेर सदैव पाठ
सिकाउँथे । यसैको ज्वलन्त परिणाम
अहिलेको समृद्ध कोरिया हेर्नुहोस् ।
नेपाली हो, के तपाईंहरुले
आफ्नो देशको लागि रुनुभएको छ ? मैले त
सुनेको छु
नेपाली युवाहरुमा देशप्रति माया नै छैन।
मैले यो पनि सुनेको छु उनीहरु नेपालबाट
सधैँको लागि छोडेर जान चाहन्छन्
किनकि उनीहरु यहाँको जातभात मन पराउँदैनन
या यहाँको गरिबीबाट भाग्न चाहन्छन्,
या यहाँ आफ्नो भविष्य देख्दैनन् यहाँ। तर
यसो सोच्नुहोस् त, तपाईँहरु कुरा काट्दै
वा देशको वास्ता नगरी तर्किदैँ गर्नु बेश
कि आफै अगाडि लम्केर देशको सेवा गर्नु।
मेरो एउटा सपना छ, म कुनै दिन
पिडा बोकेका मानिसहरुलाई यो चरम गरिबी,
भोकमरी, जड चलनबाट मुक्ति दिनेछु।
नेपालको बास्तबिकता आफ्नै आँखाले देखेर,
मेरो यो बिश्वास झन बलियो बनेको छ।
जहाँ एउटा रोगको चपेटामा परेको बच्चासँग
ओखती किन्ने पैसा छैन, ऊ झोपडीमा बस्छ र
स्कुल जाने अवसर पाउँदैन।
जहाँ एउटा बिधार्थी जति पढे पनि सफल हुन
सक्दैन, आफ्नो जात वा गरिबीले गर्दा।
यस्तो समाज जहाँ एक आमाले आफ्नो बाल-
बच्चाको हेरबिचार मात्र होइन,
खेतमा दिनभरि काम गर्नु पर्छ जब
कि उता उनका श्रीमान्
चाहिँ केही नगरी चाहारेर हिंडछन्,
यस्तो समाज जहाँ एक पाँच बर्षिया नाबालाक
आफ्नो पेट पाल्न
ईट्टा भट्टीमा देनभरि ईट्टा बनाउन बिवश छ ।
नेपालको बास्तबिकता हेर्दा त मलाई
कहाली लाग्छ तर यसैबाट मेरो सोच अझ दृढ
बनेको छ । मलाई थाहा छ धेरै नेपाली हिन्दु
धर्मावलम्बी हुनुहुन्छ । तर
तपाईंका करोडौं भगवानहरुलाई जति पुजे
पनि केही हुनेवाला छैन यदि तपाईंले अहिल्यै
कुनै ठोस कदम उठाउनु भएन भने । पुजेर होइन
गरेर खुशी हुन्छन् तपाईंका भगवानहरु।
नेपाल र तपाईंको भविश्य सुनिश्चित
गर्नको लागि आजको आवश्यकता भनेको केही गर्नु
नै हो । तपाईंले जसरी भगवानप्रति माया र
भक्ति देखाउनु हुन्छ, त्यसरी नै
आफ्नो छिमेकी र देश प्रति पनि देखाउनुहोस्
अब। तपाईंलाई थाहा नै छ कि यो देशका भगवानहरु
खुशी तब हुन्छन् जब तपाईं आफै देशको बिकास र
समृद्धिमा लाग्नुहुन्छ ।
त्यसैले बिन्ती गर्छु, आफ्नो देश र
छिमेकीलाई माया गर्न थाल्नुहोस् ।
आफ्नो बच्चालाई देशको माया गर्न
सिकाउनुहोस् । देश बनाउने काममा आनन्द लिन
थाल्नुहोस् । नेपालको लागी रुने को हुन्छ र
आखिर ? तपाँई नै! यी बिशाल
हिमालयको अन्तरआत्मालाई आदर गर्ने
अनि विश्वकै एकमात्र किसिमको झण्डालाई
बोक्ने को हुन्छ त आखिर ?
तपाईंले नै बोक्नु पर्छ
नेपालको उज्यालो भविश्य बनाउने जिम्मेवारी।
तपाँईको देश, तपाँईकै जिम्मेवारी हो ।
नेपालको जय होस् ।

Thursday, July 14, 2011

फेसबुकमा भिडियो च्याटिङ सुरु हुँदै, गुगलको पनि नयाँ सेवाको तयारी.......... ............... ......! Byरेडीयो लुम्बिनी एफएम

गुगलसँग
प्रतिस्पर्धाका लागि चालिएको एक
कदमको रूपमा हेरिएको एक
नयाँ प्रविधिका रुपमा फेसबुकले
पनि भिडियो च्याटिङको सुविधा छिट्टै उपलब्ध
गराउने भएको समाचार छ ।
फेसबुकको जस्तै अर्को विश्व विख्यात साईट
गुगलले पनि गुथल प्लस नामको अर्को एवं
नयाँ साईट थाल्ने भएको घोषणा यस अघि नै
गरिसकेको छ । गुगल
प्लसमा भिडियो च्याटको पनि सुविधा रहेको बताइएको छ

फेस बुकले यो नयाँ सेवा सुरु गर्नकाल
लागि स्काइपबीच
साझेदारी भएको समाचारमा जनाइएको छ । दुबैले
केही शीघ्र
सन्देशका लागि केही औजारहरुको उपयोग
गर्दछन् ।
यो वर्षको सुरुमा माइक्रोसफ्टले स्काइपलाई
किनेको थियो ।
स्काइपमा फेसबुकको पनि हिस्सा रहेको छ तर
कानुनीरूपमा यो सम्झौता अभैm पूरा भएको छैन

नयाँ भिडियो च्याटको सुविधा घोषणा गर्दै
फेसबुकका संस्थापक मार्क जुकरबर्गले अहिले
फेसबुकको उपयोग गर्नेहरूको सङ्ख्या ७५ करोड
पुगेको घोषणा गर्नुभयो ।
यद्यपि उहाँले सक्रिय
मानिसहरूको सङ्ख्या अब
साइटको सफलताको उपयोगीस्तर
नबनेको बताउनुभयो । उहाँले यसबाट
फेसबुकका सदस्यहरू आपसमा कति तस्बिर,
भिडियो लिङ्क र वेब लिङ्कको उपयोग
गरिरहेका छन् भन्ने बारेमा सफलताको धेरै
सङ्केत प्राप्त हुने बताउनुभयो ।
फेसबुकको भिडियो च्याटको प्रविधिअनुसार
यो कुराकानी दुई व्यक्तिबीचमा सम्भव हुनेछ
तर गुगलको तर्फबाट भने यो सुविधा एकै
पटकमा धेरै मानिसहरूबीच सम्भव हुने
बताइएको छ

Friday, July 1, 2011

असारै महिना खेतमा धान रोपेर

असारै महिना खेतमा धान रोपेर
बस्यौ कि
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!
म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ
दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ
सम्झिन्छु आज ति दिन हाम्रा खाडीमा बसेर
न सके फिर्न न सके रिण तिर्न मुग्लान पसेर
कठै ! पानी चुहयो कि घरमा चिसोमा बस्यौ की
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!
नसराप्नु प्रिया ! पापिले यस्तो हाल
गर्यो भनेर
प्रदेसी गाउँमा भुलेर बस्ने चाल् गर्यो भनेर
साँहुको रिण सके त तिर्न हाँस्नेथ्यो मुहार
प्रदेसी पक्कै फर्किन्छ एकदिन
माया चाँही नमार
रातो माटो चिप्लो बाटो डिलबाट खस्यौ कि
बर्षा र बाढि आयो कि कतै हिलोमा फस्यौ कि !!by.::spain nepal

Thursday, June 16, 2011

नेपाली रास्ट्रीय गान

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम
भई फैलिएका, मेची-माहाकाली। सयौं थुँगा फूलका हामी,
एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-
माहाकाली। ...प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल। ज्ञानभूमि,
शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड
यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा,
धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय
जय नेपाल।

Sunday, May 29, 2011

पेन्सनका लागि जिउदै बुवालाई मरेको बनाइयो

जिवितै रहेका बुबालाई मरेको कागजपत्र बनाएर
बझाङका एक युवकले पेन्सन खाने गरेको पाइएको छ । उनले
आपुनी आमालाई समेत बुवा मरेको भनेर काजकि्रया गर्न
लगाएका हुन ।
बझाङको कोईरालाकोट गाविस-८
देबस्थलीका कृष्णप्रसाद उपाध्यायले जिवितै
रहेका बुवा विष्णुप्रसादलाई मरेको कागजपत्र
बनाएका हुन । उनले बुवा मरेको भन्दै आमा गोमतीलाई
समेत काजकि्रया गर्न लगाएका हुन ।
उपचारका लागि लगेका बुवालाई मृत्यु भएको भन्दै
गाउँमा समेत अन्तिम संस्कार गर्न लगाएका थिए ।
त्यसपछि उनले
आमाको नाममा जिल्ला शिक्षा कार्यालयबाट पेन्सन
लिइरहेको खुलेको छ ।
बझाङको खप्तड प्राविका शिक्षक विष्णुप्रसाद
उपाध्याय बिरामी भएपछि उनका छोरा कृष्णप्रसादले
उपचारका लागि भारत लगेका थिए । भारतमा उपचार नै
नगरी उतै छोडेर घरमा फर्केका थिए । बुवा मरेको भन्दै
काजकि्रया गर्न लगाएर गाविसमा समेत मृत्यु
दर्ता गराएका थिए । गाविसले गरेको मृत्यु
दर्ताको प्रमाणपत्रले जिल्ला शिक्षा कार्यालयबाट
पेन्सनका लागि कागजपत्र बनाएको हो । तीन
वर्षदेखि जिवितै बुवालाई मरेको बनाएर पेन्सन
लिइरहेका छन ।
२०६४ सालमा भारत
लग्दा मरेका भनिएका विष्णुप्रसाद गत वर्ष घर
फर्केका छन । उनलाई घरमै बन्धक बनाएर
राखिएको स्थानीय बासिन्दाले बताएका छन ।
गाउँघरतिर डुल्न पनि नदिनेको उनका छिमेकीहरु
बताउछन । जिल्ला शिक्षा कार्यालयको रेकर्ड अनुसार
शिक्षक विष्णुप्रसाद उपाध्यायको सेवा अवधि नसकिदै
उनकी श्रीमतिले आफ्ना श्रीमानको मृत्यु भएको प्रमाण
सहित निबेदन दिएको छ । उनका छोरा कृष्णुप्रसाद
उपाध्यायले उनी विरामी नभएर मानसिक सन्तुलन
गुमाएर घर छोडेको बताए । ुपागल भएपछि घर छोडेर गए ।
दुई महिनासम्म फर्केननु उनका छोरा कृष्णप्रसादले भने
घर नआएपछि मरेका होलान भनेर काजकि्रया गरेका हौं ।ु
त्यसपछि आमाको नाममा पेन्सन
पट्टा निकालेको उनको भनाई छ ।
जिल्ला शिक्षा कार्यालयका निमित्त
जिल्ला शिक्षा अधिकारी हिक्मतबहादुर िसंहले
कृष्णप्रसाद उपाध्याय जिवितै रहेको हाल मात्र
थाहा पाएको बताए । त्यतिबेला मरेको भन्ने सबै प्रमाण
भएको र पेन्सनका लागि प्रकि्रया पुरा गरेको भएकोले
शिक्षा कार्यालयले सिफारिस गरेको बताए ।
उनी मरेको भनेर सिफारिस गर्ने गाविस सचिवले
पनि आफूलाई थाहा नभएको बताए । तत्कालिन
कोईरालाकोट गाविसका सचिब धर्मराज जोशीले
श्रीमान मरेको भनेर गोमती र उनका छोरा कृष्णप्रसाद
गाविसमा आएर मृत्यु दर्ताका लागि निवेदन दिएकोले
दर्ता गरिएको बताए । उनले भने'आफन्तले मृत्यु
भएको हो भनेपछि मृत्यु दर्ता गर्नु परिहाल्यो मैले
गाउँघरमा गएर सोध्ने कुरा भएन ।'
पहिले आमाको नाममा पेन्सन गरेको भएपछि अहिले उनी नै
पेन्सन लिने गरेका छन । आमाबाट ईच्छापत्र लिएर
कृण्णप्रसाद उपाध्यायले पेन्सन भत्ता लिने
गरेको राष्ट्रिय वाणिज्य बैक बझाङ शाखाले जनाएको छ

In this note: Naresh Khadka

Sunday, May 15, 2011

बाहिर झलमल्ल देख्या होलान् जीवन तर भित्रभित्रै औंसी छाएको कस्ले देख्छ र?

यहाँ बासी खब्बुस् खाएको कस्ले देख्छ र ?
दश धारा पसिना चुहाएको कस्ले देख्छ र ?

लाहुरेले त टन्न ल्याएछ भन्छन् गाउमा
तर नोक्कर बनी कमाएको कस्ले देख्छ र ?

घाम र पानी आधी-हुरी केही पनि नभनी
दिनरात दश नंग्र खियाएको कस्ले देख्छ र ?

उता उनी यता म, एक्लै एक्लै तड्पिएर
दुवैको मन धरधरी रुवाएको कस्ले देख्छ र ?

हेर्दा बाहिर झलमल्ल देख्या होलान् जीवन
तर भित्रभित्रै औंसी छाएको कस्ले देख्छ र?
By'...................'