Powered By Blogger

Sunday, August 28, 2011

खैरेनी दुलेगौंडा र ढोरफिर्दी तीनवटा गाविसलाई जोडेर शुक्ला गण्डकी नगरपालिका बन्ने




काठमाडौं- सरकारले यसैवर्ष घोषणा गरेको बजेट भाषणमा तनहुँमा खैरेनी र दुलेगौंडा गाविसलाई जोडेर खैरेनी दुलेगौंडा नगरपालिका बनाउने घोषणा गरेको थियो । सरकारको उक्त घोषणापछि ती दुई गाविसको छिमेकी ढोरफिर्दी गाविसका बासिन्दाहरुको दबाबका कारण अब खैरेनी दुलेगौंडा र ढोरफिर्दी तीनवटा गाविसलाई जोडेर शुक्ला गण्डकी नगरपालिका बन्ने भएको छ । नेवि संघका पूर्व केन्द्रिय अध्यक्ष प्रदिप पौडेलका अनुसार नगरपालिकाको केन्द्र दुलेगौंडालाई पार्ने गरि करिब चालिस हजार जनसंख्यालाई समेटिने छ । उक्त नगरपालिका पृथ्वी राजमार्गको दायाबाँया साइडमा पर्ने भएको छ । तनहुँमा यसअघि एउटा मात्र व्यास नगरपालिका थियो र अब सरकारको घोषणापछि तनहुँमा बन्दिपुर नगरपालिका र शुक्ला गण्डकी नयाँ दुईवटा नगरपालिका थपिएको छ । From:-Pokhara Today.

No comments:

Post a Comment