Powered By Blogger

Monday, September 5, 2011

आफन्तैको विश्वासमा परेर धोका पाएर:नियोगको शरणमा

तनहुँ डोरफेदी ६, खोराडीका १८ वर्षिय
क्षितिज आले मगर पनि २५ अगष्ट नियोग आईपुगेका छन्
। अयूष ईन्टरनेशल ओभरसिज प्रा.लि काठमाण्डौका
शाखा कार्यालय पोखरामा ९५ हजार तिरेर
रोजगारका लागि दोहा आएका आले मगर भने अफिस
व्वाईमा आएका वताए । उनी ११ कक्षा भर्ना भएर
पढाई छाडेर आएका वताए । खासै केही कामको अनुभव
नभएर अफिस ब्वाईमा आएको वताए ।
काम सजिलो र भित्र हो भनेर स्थानिय
एजेन्टको विश्वासमा म्यानपावर
कम्पनीमा पैसा वुझाएर आएको आले मगरलाई पनि ८ सय
रियाल तलव, खाना र वस्नको सुविधा र
ओभरटाईमको प्रलोभनमा चिनजानकै मान्छेवाट
धोका दिएका वताए । उनलाई अफिसको काम भने
पनि अरवीको घरमा गाडी सफा गर्ने, गार्डेनमा काम
गर्नुपर्ने र
घरायसी काममा लागएपछि उनि घरको काम छोडेर
नियोगको शरणमा आएका हुन् ।
उनि पनि भनेका जस्तो काम र तलव नपाए पछि नेपाल
फर्कन आशयले नियोगको शरणमा आएका हुन् ।
नेपालमा म्यानपावर एजेन्टले भनेको जस्तो तलव र काम
नभएपछि उनि पनि फर्कन लागेका हुन् । उनि अगष्ट १३
तारिख नेपालवाट दोहा आएका हुन् भने १४ तारिखवाट
नै अरवीको घरमा काम गर्न थालेका हुन् लगभग ११ दिन
काम गरेर छोडेर आएका वताए । दुवै
आफन्तैको विश्वासमा परेर धोका पाएका पिडीत हुन् ।
अहिले विभिन्न म्यानपावर र स्थानिय एजेन्टले आºनै
नातेदार नजिकका आफन्तलाई फसाएर वैदेशिक
रोगजारीमा पठाउन गरेको देखिएको छ ।
आफन्तैको विश्वासमा परेर
धोका पाएका यी पिडीतलाई उद्धार र पिडक
कारवाही गर्ने प्रतिवद्धता नेपाली नियोगले
जनाएको छ ।

No comments:

Post a Comment