Monday, December 12, 2011
''मेरो एउटा नमिठो सपना''
मेरो एउटा नमिठो सपनालाई गजलको रुप दिएको छु !!
हजुरहरुको प्रतिक्रियाको आशा छ !
==========गजल ============
सपनी आज नराम्रो देखें, जलेको थियो घर !
आमाका आँखा भिजेका थिए, ढलेको थियो घर !
नरुनु भनि सम्झाउदै गर्दा, म पनि रोएँ झन !
बाबाका सारा रहर संगै, बलेको थियो घर !
सपनी आज नराम्रो देखें ,जलेको थियो घर !
दैबलाई भने झर्किदै मैले, यो तैले के गरिस ?
सुख र दुख जसो भएनी, चलेको थियो घर !
सपनी आज नराम्रो देखें, जलेको थियो घर !
दाजुले भन्यो हे मेरा भाइ, ओत लाग्ने कहाँ हो ?
सबैका आँसु झरेका थिए, गलेको थियो घर !!
सपनी आज नराम्रो देखें, जलेको थियो घर !
आँगनी भरि गाउँले थिए, झन भयो रमिता !
झुक्याई त्यहाँ भाग्यले हाम्रो, छलेको थियो घर !
सपनी आज नराम्रो देखें, जलेको थियो घर !
Monday, December 5, 2011
उ संग मेरो चिनाजानि
मलाई एकजना केटि असाध्यै मन पर्छ भन्या!!
उ पनि म संग
राम्रो ब्यबहार गर्छ । उसको घर मेरो घर भन्दा लगभग
पांच किलोमिटर टाढा पर्छ सानैमा उसको र
मेरो चिनाजानि भयको हो । उ कहिलेकाहि मात्र भेट हुदा पनि राम्रो सञ्चो बिसञ्चो कुराहरु गर्ने गरंती ! उ
अहिले कतीमा पढ्दै छे थाहा छैन । तर म त एस एल सि पास गरेर
छोडिदियको हो धेरै पढेको छैन् । मलाई उसको बारेमा धेरै
भन्दा धेरै कुराहरु को जानकारी पाउन जरुरि छ । खै
काहाबाट कसरि सुरुवात गर्ने कुरालाई
कसरि अगाडि बढाउने म त अलमल मा परेको छु ।
यदि तपाईहरु मध्य कसैलाई यसको बारेमा राम्रो ज्ञान
भय मलाई ईनबक्स मा मेसेज गर्नुहोला ।
"आमा "
"आमा "
धन्य छ आमा संसारमा जन्म दिनु भो ९ महिनाको कस्ट
पछी उज्यालो दिनु भो,आफ्नै काखमा हुर्काई बढाई
गरी मेरो बाल्ल्येकाल्को साहारा दिनु भो न खाई खाई
मलाई खुवाउनु भयो पसिना को धारा ले
सरीरमा भिजाऊदै मेरो लागि दुख गर्नु भो म धन्ने छु आज
हजुरको काख बाट जन्म लिगी संसारको हरेक
गति बिधि नियाल्दै छु|जे होस्
जिन्दगीको तितो मिठो खल्लो सबै
रहरको अनी भोगाइको भुमरीमा तैरिन सिक्दै छु| मलाई
थाहा छ आमा तपाइको मेरो लागि गर्नु भएको त्याग
तपस्स्या अनी दुख मेरो हिर्दये अनी नयन ले झल्
झली देखि रहेको छ|अनी मुटुले हजुरको पीडाको आज महसुस
गर्दै छ म खुशी छु हजुरको काखमा जन्मन पाए|हजुरले मलाई
हिड्नको लागि औला को साहारा दिनु
भो अनी राम्रो गुण बोलि सिकाउनु भो|बामे सर्दै आज
यो अवस्थामा आइपुगेको छु|जुन अवस्था म आफै
राम्रो अनी न राम्रो छुट्याउन सक्ने अवस्था| आफै
उकाली ओराली गर्न सक्ने भएको छु|झरीको त्यो दिन
सम्झदै छु तपाई आफै भिज्दै मलाई आफ्नो आचाल्मा लुकाउनु
भएको थियो म आनन्दले बस्थे|मेला पात बन जंगल बाट फुल
अनी फल पोल्टामा पोका पारी ल्याएर दिनु हुन्थ्यो म
फेरी कस्तो?मिठो किन न ल्याएको ?म खान्न भन्दै
भ्र्यान्ग्को कुनामा रिसाउदै बस्थे अनी फकाउनु
हुन्थ्यो म भोलि मिठो ल्याई दिन्छु बाबु भन्दै
आमाको ममता दिनु हुन्थ्यो अनी म चुप हुन्थे|
वा क्या मिठो थियो तपाइको माया गर्ने आत्मा|धन्ने छु
म आज तपाई कै कारण मान्छेको हरेक ब्येभार बाट
केहि सिक्दै छु|अनी समएको र हावाको बेग संग्ग आफुलाई
राम्रो दिसा तीर निकाल्न सिक्दै छु|सांसारिक सुख र
साधन बाट र स्वार्थ ले ओत पोत मानब हरु बीच मोह
त्याग अनी निस्वार्थ पनको भाबना खोज्दै छु|बस तपाइँ
को कारण || बस तपाइँ को कारण ||
आज मलाई motherko को याद ले सताएर फटा फट दुइ
चार सब्द कोर्दै तपाई हरु सामू बाडेको छु झर्को न
मानीदिनु होला ||
Subscribe to:
Posts (Atom)