Powered By Blogger

Sunday, November 27, 2011

लुटेर पेट भर्नु भन्दा भोकै बस्छु बरु ! 'कृष्ण' जप्छु धोती बेर्छु, बन पस्छु बरु ! जन्मे नाङ्गै, मर्दा नाङ्गै के छ मरी लानु ? जोगी बन्छु, निधार मा, छारो घस्छु बरु ! दिएका छ्न्, इश्वर ले सग्ला हात र गोडा मिहिनेत गर्छु, पसिना झार्छु, घुँडा धस्छु बरु ! झर्दा तारा, आँखा चिम्लि माग्दा पुग्छ भने सबको ईच्छा पुरा गर्न, म नै खस्छु बरु ! 'प्रखर' पुर्न, खाल्डो खन्ने, दु:ख नगर है पासो थाप्छु आफ्नो लागि, आफै फस्छु बरु !! (लुटेर पेट भर्नु भन्दा भोकैबस्छु बरु ! 'कृष्ण' जप्छु, धोती बेर्छु, बन पस्छु बरु !)