Powered By Blogger

Friday, July 1, 2011

असारै महिना खेतमा धान रोपेर

असारै महिना खेतमा धान रोपेर
बस्यौ कि
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!
म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ
दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ
सम्झिन्छु आज ति दिन हाम्रा खाडीमा बसेर
न सके फिर्न न सके रिण तिर्न मुग्लान पसेर
कठै ! पानी चुहयो कि घरमा चिसोमा बस्यौ की
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!
नसराप्नु प्रिया ! पापिले यस्तो हाल
गर्यो भनेर
प्रदेसी गाउँमा भुलेर बस्ने चाल् गर्यो भनेर
साँहुको रिण सके त तिर्न हाँस्नेथ्यो मुहार
प्रदेसी पक्कै फर्किन्छ एकदिन
माया चाँही नमार
रातो माटो चिप्लो बाटो डिलबाट खस्यौ कि
बर्षा र बाढि आयो कि कतै हिलोमा फस्यौ कि !!by.::spain nepal

No comments:

Post a Comment