Powered By Blogger

Monday, December 12, 2011

''मेरो एउटा नमिठो सपना''

मेरो एउटा नमिठो सपनालाई गजलको रुप दिएको छु !! हजुरहरुको प्रतिक्रियाको आशा छ ! ==========गजल ============ सपनी आज नराम्रो देखें, जलेको थियो घर ! आमाका आँखा भिजेका थिए, ढलेको थियो घर ! नरुनु भनि सम्झाउदै गर्दा, म पनि रोएँ झन ! बाबाका सारा रहर संगै, बलेको थियो घर ! सपनी आज नराम्रो देखें ,जलेको थियो घर ! दैबलाई भने झर्किदै मैले, यो तैले के गरिस ? सुख र दुख जसो भएनी, चलेको थियो घर ! सपनी आज नराम्रो देखें, जलेको थियो घर ! दाजुले भन्यो हे मेरा भाइ, ओत लाग्ने कहाँ हो ? सबैका आँसु झरेका थिए, गलेको थियो घर !! सपनी आज नराम्रो देखें, जलेको थियो घर ! आँगनी भरि गाउँले थिए, झन भयो रमिता ! झुक्याई त्यहाँ भाग्यले हाम्रो, छलेको थियो घर ! सपनी आज नराम्रो देखें, जलेको थियो घर !

1 comment:

  1. ramro gajal
    line milaera rakheko bhae dherai ramro hune thiyo

    ReplyDelete