Powered By Blogger

Monday, December 5, 2011

"आमा "

"आमा " धन्य छ आमा संसारमा जन्म दिनु भो ९ महिनाको कस्ट पछी उज्यालो दिनु भो,आफ्नै काखमा हुर्काई बढाई गरी मेरो बाल्ल्येकाल्को साहारा दिनु भो न खाई खाई मलाई खुवाउनु भयो पसिना को धारा ले सरीरमा भिजाऊदै मेरो लागि दुख गर्नु भो म धन्ने छु आज हजुरको काख बाट जन्म लिगी संसारको हरेक गति बिधि नियाल्दै छु|जे होस् जिन्दगीको तितो मिठो खल्लो सबै रहरको अनी भोगाइको भुमरीमा तैरिन सिक्दै छु| मलाई थाहा छ आमा तपाइको मेरो लागि गर्नु भएको त्याग तपस्स्या अनी दुख मेरो हिर्दये अनी नयन ले झल् झली देखि रहेको छ|अनी मुटुले हजुरको पीडाको आज महसुस गर्दै छ म खुशी छु हजुरको काखमा जन्मन पाए|हजुरले मलाई हिड्नको लागि औला को साहारा दिनु भो अनी राम्रो गुण बोलि सिकाउनु भो|बामे सर्दै आज यो अवस्थामा आइपुगेको छु|जुन अवस्था म आफै राम्रो अनी न राम्रो छुट्याउन सक्ने अवस्था| आफै उकाली ओराली गर्न सक्ने भएको छु|झरीको त्यो दिन सम्झदै छु तपाई आफै भिज्दै मलाई आफ्नो आचाल्मा लुकाउनु भएको थियो म आनन्दले बस्थे|मेला पात बन जंगल बाट फुल अनी फल पोल्टामा पोका पारी ल्याएर दिनु हुन्थ्यो म फेरी कस्तो?मिठो किन न ल्याएको ?म खान्न भन्दै भ्र्यान्ग्को कुनामा रिसाउदै बस्थे अनी फकाउनु हुन्थ्यो म भोलि मिठो ल्याई दिन्छु बाबु भन्दै आमाको ममता दिनु हुन्थ्यो अनी म चुप हुन्थे| वा क्या मिठो थियो तपाइको माया गर्ने आत्मा|धन्ने छु म आज तपाई कै कारण मान्छेको हरेक ब्येभार बाट केहि सिक्दै छु|अनी समएको र हावाको बेग संग्ग आफुलाई राम्रो दिसा तीर निकाल्न सिक्दै छु|सांसारिक सुख र साधन बाट र स्वार्थ ले ओत पोत मानब हरु बीच मोह त्याग अनी निस्वार्थ पनको भाबना खोज्दै छु|बस तपाइँ को कारण || बस तपाइँ को कारण || आज मलाई motherko को याद ले सताएर फटा फट दुइ चार सब्द कोर्दै तपाई हरु सामू बाडेको छु झर्को न मानीदिनु होला ||

No comments:

Post a Comment