Powered By Blogger

Tuesday, May 3, 2011

नारी सबै माता हुन नी मेरी आमा जस्तै ...

हिडदै होलिन लौरी टेकी चौतारीमा बस्दै
नारी सबै माता हुन नी मेरी आमा जस्तै
कुप्रिएको ढाड अब हुदैन की सिधा
नरुनु है मेरी आमा मैले सन्देश दिदा
मुख दर्शन पाइन आज म छु धरै टाढा
हासी दिनु मेरी आमा मुहार सधैं गाढा
सम्झिएलिन आज मलाइ मझेरीमा बस्दै
नारी सबै माता हुन नी मेरी आमा जस्तै
पुगेकोछु म परदेश तिमी बस घरै
कस्ता भए हात पाउ बुढी आमा बरै
औसीको दिन सुरजलाई बादल आइ छेक्यो
हजार भन्ज्याङ पारी आमा मुहार कस्ले देख्यो
बुन्दै होलिन गुन्द्री पिरा आगनीमा बस्दै
नारी सबै माता हुन नी मेरी आमा जस्तै
यो छोराको बाचा ठान जीत लान्छु माथी
देश हाक्ने अमर शहिद तिनी मेरै साथी
जोगाउनुछ मैले माटो लाग्छु डटेर
मुहार दर्शन पाउछु आमा धन्दा सकेर
हेर्दै होलिन मेरै बाटो आगनीमा बस्दै
नारी सबै माता हुन नी मेरी आमा जस्तै
टोलाउदिनौ अब कहिल्यै ढिकीजातो पिन्दा
नरुनु है मेरी आमा मैले सन्देश दिदा!
खुशी भर्ने आजको दिन बेदनाले सेक्यो
हजार भञ्ज्याङ पारी आमा मुहार कस्ले देख्यो
हिड्दै होलिन लौरी टेकी चौतारीमा बस्दै
नारी सबै माता हुन नी मेरी आमा जस्तै by raj khanal

No comments:

Post a Comment