Powered By Blogger

Sunday, May 15, 2011

बाहिर झलमल्ल देख्या होलान् जीवन तर भित्रभित्रै औंसी छाएको कस्ले देख्छ र?

यहाँ बासी खब्बुस् खाएको कस्ले देख्छ र ?
दश धारा पसिना चुहाएको कस्ले देख्छ र ?

लाहुरेले त टन्न ल्याएछ भन्छन् गाउमा
तर नोक्कर बनी कमाएको कस्ले देख्छ र ?

घाम र पानी आधी-हुरी केही पनि नभनी
दिनरात दश नंग्र खियाएको कस्ले देख्छ र ?

उता उनी यता म, एक्लै एक्लै तड्पिएर
दुवैको मन धरधरी रुवाएको कस्ले देख्छ र ?

हेर्दा बाहिर झलमल्ल देख्या होलान् जीवन
तर भित्रभित्रै औंसी छाएको कस्ले देख्छ र?
By'...................'

No comments:

Post a Comment