Powered By Blogger

Sunday, May 29, 2011

पेन्सनका लागि जिउदै बुवालाई मरेको बनाइयो

जिवितै रहेका बुबालाई मरेको कागजपत्र बनाएर
बझाङका एक युवकले पेन्सन खाने गरेको पाइएको छ । उनले
आपुनी आमालाई समेत बुवा मरेको भनेर काजकि्रया गर्न
लगाएका हुन ।
बझाङको कोईरालाकोट गाविस-८
देबस्थलीका कृष्णप्रसाद उपाध्यायले जिवितै
रहेका बुवा विष्णुप्रसादलाई मरेको कागजपत्र
बनाएका हुन । उनले बुवा मरेको भन्दै आमा गोमतीलाई
समेत काजकि्रया गर्न लगाएका हुन ।
उपचारका लागि लगेका बुवालाई मृत्यु भएको भन्दै
गाउँमा समेत अन्तिम संस्कार गर्न लगाएका थिए ।
त्यसपछि उनले
आमाको नाममा जिल्ला शिक्षा कार्यालयबाट पेन्सन
लिइरहेको खुलेको छ ।
बझाङको खप्तड प्राविका शिक्षक विष्णुप्रसाद
उपाध्याय बिरामी भएपछि उनका छोरा कृष्णप्रसादले
उपचारका लागि भारत लगेका थिए । भारतमा उपचार नै
नगरी उतै छोडेर घरमा फर्केका थिए । बुवा मरेको भन्दै
काजकि्रया गर्न लगाएर गाविसमा समेत मृत्यु
दर्ता गराएका थिए । गाविसले गरेको मृत्यु
दर्ताको प्रमाणपत्रले जिल्ला शिक्षा कार्यालयबाट
पेन्सनका लागि कागजपत्र बनाएको हो । तीन
वर्षदेखि जिवितै बुवालाई मरेको बनाएर पेन्सन
लिइरहेका छन ।
२०६४ सालमा भारत
लग्दा मरेका भनिएका विष्णुप्रसाद गत वर्ष घर
फर्केका छन । उनलाई घरमै बन्धक बनाएर
राखिएको स्थानीय बासिन्दाले बताएका छन ।
गाउँघरतिर डुल्न पनि नदिनेको उनका छिमेकीहरु
बताउछन । जिल्ला शिक्षा कार्यालयको रेकर्ड अनुसार
शिक्षक विष्णुप्रसाद उपाध्यायको सेवा अवधि नसकिदै
उनकी श्रीमतिले आफ्ना श्रीमानको मृत्यु भएको प्रमाण
सहित निबेदन दिएको छ । उनका छोरा कृष्णुप्रसाद
उपाध्यायले उनी विरामी नभएर मानसिक सन्तुलन
गुमाएर घर छोडेको बताए । ुपागल भएपछि घर छोडेर गए ।
दुई महिनासम्म फर्केननु उनका छोरा कृष्णप्रसादले भने
घर नआएपछि मरेका होलान भनेर काजकि्रया गरेका हौं ।ु
त्यसपछि आमाको नाममा पेन्सन
पट्टा निकालेको उनको भनाई छ ।
जिल्ला शिक्षा कार्यालयका निमित्त
जिल्ला शिक्षा अधिकारी हिक्मतबहादुर िसंहले
कृष्णप्रसाद उपाध्याय जिवितै रहेको हाल मात्र
थाहा पाएको बताए । त्यतिबेला मरेको भन्ने सबै प्रमाण
भएको र पेन्सनका लागि प्रकि्रया पुरा गरेको भएकोले
शिक्षा कार्यालयले सिफारिस गरेको बताए ।
उनी मरेको भनेर सिफारिस गर्ने गाविस सचिवले
पनि आफूलाई थाहा नभएको बताए । तत्कालिन
कोईरालाकोट गाविसका सचिब धर्मराज जोशीले
श्रीमान मरेको भनेर गोमती र उनका छोरा कृष्णप्रसाद
गाविसमा आएर मृत्यु दर्ताका लागि निवेदन दिएकोले
दर्ता गरिएको बताए । उनले भने'आफन्तले मृत्यु
भएको हो भनेपछि मृत्यु दर्ता गर्नु परिहाल्यो मैले
गाउँघरमा गएर सोध्ने कुरा भएन ।'
पहिले आमाको नाममा पेन्सन गरेको भएपछि अहिले उनी नै
पेन्सन लिने गरेका छन । आमाबाट ईच्छापत्र लिएर
कृण्णप्रसाद उपाध्यायले पेन्सन भत्ता लिने
गरेको राष्ट्रिय वाणिज्य बैक बझाङ शाखाले जनाएको छ

In this note: Naresh Khadka

No comments:

Post a Comment