Powered By Blogger

Tuesday, September 6, 2011

''बाबुराम भट्टराई को जिवनी''

२०२७ को वैशाख २० गते दिउँसो ।
गोर्खाको पहाडी भेगको एउटा मिडिल
स्कुलमा कक्षा चलिरहेका छन् । कक्षा ७
माएउटा भर्खर जुँगालेनिहुँ
खोजिरहेको खिरिलो युवा अंग्रेजी पढाइरहेको छ । आज
बिहानैदेखि एउटा उत्सुकता मनमा छ,
जसका बारेमा धेरै विद्यार्थीलाई अनुमान छैन ।
बिहानै गाउँको प्रधानको छोरा हरि ढकालले
एसएलसीको रिजल्ट भएको खबर सुनाएर गएको छ।
शिक्षक जो, गोर्खाको अमरज्योति मिसन
स्कुलको विद्यार्थी हो, उसलाई रिजल्टमा त्यति धेरै
चासो त छैन, तर कृष्णले गीतामा जति शब्द खर्चिएर
'कर्म गर फलको आशा' नगर भने पनि जाँच
दिएको विद्यार्थीलाई रिजल्टको पर्खाइ भई नै
हाल्छ । सो, यो तीन महिने शिक्षकलाई पनि चासो छ
। अमर ज्योतिको एउटा विद्यार्थी चाँडै गाउँ
फर्कियो । र, उसले एउटा खबर सुनायो । अब
शिक्षकको खुल्दुली झन् बढ्दो छ । साढे दुई बज्यो,
गाउँबाट रेडियो स्कुलमा आयो । र,
कक्षा लिइरहेको शिक्षकबाहिर निस्किएर
रेडियो सुन्न थाल्यो । रेडियोले भन्यो- 'आज
प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भयो ।
नतिजा अनुसार अमर ज्योति हाइस्कुल,
गोर्खा लुइँतेलका बाबुराम भट्टराई सर्वप्रथम
भएका छन्' । समाचारले शिक्षकको अनुहार
चहकिलो भयो । तर, रेडियो फिर्ता गरेर ऊ
पुनः कक्षामा प्रवेश गर्यो र बाँकी पाठ
पढाउनथाल्यो ।
चालीस वर्षपछि ललितपुरको एकान्तकुनामा त्यस
दिनको स्मरण गर्दा पनि डा. बाबुराम
भट्टराईको अनुहारको भाव तटस्थ थियो ।डाँडै-
डाँडाले घेरिएको रिङरोडबाहिरको ललितपुरलाई
बादलले आज निकै नजिकबाट घेरा हालेको छ । सेतो,
कालो र फुस्रो बादलका झुप्पाहरू गुजुमुज्ज भएर
सहरतिर ओर्लिन लागेजस्तो देखिन्छ । घरभित्र सौम्य,
शालीन मुद्रामा भेटिएका डा. भट्टराई
पनि बादलजस्तै शान्त देखिन्छन् । कोठामा माक्र्स,
एङ्ग्लेल्स, लेनिन, माओको फोटो लहरै टाँगिएका छन् ।
तलपट्टि माओवादीले प्रस्ताव गरेको संघीय
नेपालको नक्सा छ । पछि उनले बताए, यो नक्सा मैले नै
डिजाइन गरेको हुँ । यस नक्साअनुसार उनको गाउँ अब
तमुवान राज्यमा पर्नेछ, जसको सदरमुकाम उनले
पोखराघोषित गरेका छन् । देशमा आजसम्म थुप्रै
विद्यार्थी एसएलसीमा बोर्डफस्ट भए । तर, बाबुराम
भट्टराईको जस्तो बोर्डफस्ट ग्ल्यामर न कसैको छ न
हुने देखिन्छ ।
उनी उपत्यकाबाहिरका पहिलो बोर्डफस्टका रूपमा
मात्र उनी प्रसिद्ध छैनन्, कहिल्यै दोस्रो नहुने
जिनियसका रूपमा उनी अझ बढी प्रख्यात छन् ।
कसरी भइन्छ सधैं फस्र्ट ? यो मेरो मुख्य प्रश्न थियो ।
उनले सजिलो उत्तर दिए- रुचि,लक्ष्य र मिहिनेतले ।
तर, यति छोटो उत्तरले म मान्ने मुडमा थिइनँ । मलाई
उनको पहिलो कक्षादेखिको पूरै कथा सुन्नु थियो ।
उनले सुरु गरे । मैले पढ्न सुरु गर्दा हाम्रो गाउँमा स्कुल
थिएन । ल, यो त अनौठो भयो, के बाबुराम भट्टराई
बिना स्कुलका फस्र्ट हुन् त ? त्यसो त होइन,
मेरा जेठा बा हरिप्रसाद भट्टराई ज्योतिष
हुनुहुन्थ्यो । उहाँले नै मलाई पहिलोपटक
संस्कृतका श्लोक पढाउनुभएको हो, उनले भने ।
पुस्तकको पहिलो संगत चाहिँ यिनले मुहूर्त
चिन्तामणि बाट गरे । मैले रुद्री, चण्डी पढिनँ, ६-सात
वर्षको उमेरको कथा सम्झीए ।१८
सालमा उनको गाउँमा एउटा नयाँ 'चिज'
को थालनी भयो । नेपाली सेनाबाट बर्खास्त
भएका भक्तबहादुर भुजेल गाउँका फुच्चेहरूलाई
कखरा चिनाउन तम्सिए । एकदिन उनले
गाउँको चौतारामा गाउँका बच्चा जम्मा गरेर
भर्ना लिए, बाबुराम बिस्तारै रोमाञ्चित हुँदै
गएका छन् । टाउकाको रंग तिलचामलेबाट
अलि अघि बढेपछि मान्छे
पुराना कुरालेबढी उत्साही हुन्छ ।
यी माओवादी नेता पनि त्यस्तै देखिए ।
कक्षामा सातवर्षका बाबुरामदेखि २०-२२
वर्षसम्मका विद्यार्थी थिए । भुजेलगुरु
टुटेफुटेको अंग्रेजी पनि बोल्थे र हरेक बिहान हामीलाई
पिटी खेलाउँथे, उनले भने ।
चौतारी कक्षाको केही महिनामा भुजेल गुरुको स्कुल
एउटा छाप्रोमा सर्यो । एक वर्ष
जतिको छाप्राका बासपछि अब उनी औपचारिक स्कुल
शिक्षाका लागि तयार भए ।
घरदेखि अढाई घन्टा पैदल
दूरीमा रहेको लुइँटेलमा क्रिस्चियन मिसनरीहरूले
नयाँ स्कुल खोले । बाबुराम त्यतै डेरा लिएर बस्ने
गरी घरबाट बिदा भए । स्कुलले सुरुमै उनलाई तीन
कक्षामा भर्ना लियो । तर,
यहाँ पनि स्कुलचाहिँ थिएन । पहिलोपटक
चौतारामा भर्ना भएको म ०१९ साल फागुन २० गते
दोस्रोपटक आँपको बगैंचामा भर्ना भएँ, उनले सुनाए ।
केही समय बगैंचामा पढेपछि स्कुलको भवन बन्यो । चैत र
वैशाख दुई महिना पढेपछि जेठमा उनी तीन
कक्षाको अर्धवाषिर्क परीक्षा दिन तयार भए ।
नतिजा आयो, बाबुरामको जिन्दगीभर फस्र्ट हुने
रेकर्डको खाता यहीँबाट खुल्यो। म फस्र्ट भएँ र तुरुन्तै
चार कक्षामा बढुवा भएँ, उनले बताए । जेठबाट सुरु
भयो कक्षा चारको पढाइ । मंसिरमा उनले
आफूभन्दा चार
महिनादेखि त्यही कक्षामा पढिरहेका साथीहरूसँग
परीक्षा दिएँ । र, नतिजाले उनीबाहेक सबै
आश्चर्यमा परे,फेरि पनि पहिलो हुने
विद्यार्थीको नाम बाबुराम नै थियो । पाँच
कक्षामा यिनको कक्षामा एउटा विद्यार्थी थपिए ।
ती थिए, उपेन्द्र देवकोटा । अर्को प्राइमरी स्कुलबाट
आएका यी देवकोटा पनि तेज विद्यार्थी मानिन्थे ।
दस कक्षासम्मै बाबुराम पछिको दोस्रो भएर यिनले
यसको पुष्टि पनि गरे । उपेन्द्र सधैं दोस्रो हुन्थे ।
उनको र मेरो नम्बरमा प्रायः सय नम्बर भन्दा बढीकै
अन्तर हुन्थ्यो,उनको र तेस्रोको बीचमा पनि यति नै
फरक हुन्थ्यो, बाबुरामले भने । सय
भन्दा बढीको यो अन्तर दस कक्षामा तोडियो ।
उपेन्द्रको र मेरो टेस्टमा ६९ नम

No comments:

Post a Comment